site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुस र युरोपबीचका ग्यास पाइपलाइनमा रहस्यमय रूपमा क्षति 
Sarbottam CementSarbottam Cement

बर्लिन । युरोपेली मुलुकहरूले रुस र युरोपबीचका दुईवटा प्रमुख ग्यास पाइपलाइनमा देखिएका तीनवटा रहस्यमय चुहावटको अनुसन्धान गरिरहेका छन् । नोर्ड स्ट्रिम १ र २ मा पुगेका क्षतिको कारण स्पष्ट भएको छैन । तर युरोपका सम्बिन्धित निकायहरूले भने यो कुनै  तोडफोडकै परिणाम हुनसक्ने तथ्यलाई नकार्न सकेका छैनन् । 

नोर्ड स्ट्रिम १ का सञ्चालकले समुद्र मुनिका लाइनहरूमा एकै दिनमा अप्रत्यासित ढंगले क्षति पुगेको जनाएको छ । मस्को र युरोपबीचको उर्जा तनावको क्रममा यी दुवै पाइपलाइन जोखिमपूर्ण स्थितिमा पुगेका छन् । क्षतिको कारण जेसुकै भएपनि तत्कालै यसले युरोपमा हुने ग्यास आपूर्तिलाई कुनै प्रभाव पार्ने छैन किनभने अहिले दुवै पाइपलाइन संचालनमा रहेका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि नै युरोपेली संघले युरोपलाई ब्ल्याकमेल गर्न ग्यास आपूर्ति कटौती गरेको आरोप लगाउने गरेको थियो । तर रुसले सो आरोप अस्विकार गरेको थियो । बरु रुसले रुसमाथि युक्रेन युद्धको कारण लगाइएका प्रतिबन्धका कारण ग्यास पूर्वाधारहरूको राम्रो मर्मत कार्य असम्भव हुन पुगेको बताएको थियो । 

डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले तत्काल यस घटनामा षड्यन्त्र छ भनिहाल्न सक्ने स्थिति नभएपनि थुप्रै स्थानमा पाइप चुहिनुलाई संयोग मात्रै होला भने कल्पना गर्न पनि गाह्रो भएको प्रतिक्रिया दिएका छन् ।  

Global Ime bank

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC