site stats
खेल
बन्टी भुजेल स्मृति फुटबल कपमा आयोजक र धरान सेमिफाइनलमा 

विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ सिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा सुनसरीको धरान भेट्रान क्लब र आयोजक क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् ।  

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा धरानले सिरहाको लहान भेट्रान क्बललाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा गएको हो । 

NMB Bank
Agani Group

धरानका सुजितकुमार राई, सतिश केसी, सन्तोष लिम्बू, विवश राना मगर र राजकुमार राईले गोल गर्दै टोलीलाई विजयी बनाए । त्यस्तै लहानका सजकुमार आले, श्यामसुन्दर सिंह र सन्तोषकुमार चौधरीले गोल गरे भने मुरलीकान्त चौधरी गोल गर्न चुके । 

खेलको ९ औँ मिनेटमा धरानका सुजितकुमार राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लहानका लागि ३१ औँ मिनेटमा सुरेशकुमार चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको म्यान अफ द म्याच धरानका सुजितकुमार राई भए । 

Global bank

त्यसैगरी, दोस्रो खेलमा आयोजकले पाहुना टोली इटहरकिो जनता भेट्रान क्लबलाई १–० गोल अन्तरमा हराउँदै सेमिफाइनलमा पुगेको हो । 

खेलको एक मात्र निर्णायक गोल ४२ औँ मिनेटमा डेनिम राईले गरेका थिए । उनी खेलको म्यान अफ द म्याच भए । सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेल झापा दमकको दमक–लखनपुर भेट्रान क्बल र विराटनगर हाटखोलाको मर्निङ भेट्रान क्लबबीच हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २३:१२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय