site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
बंगलादेशका साहित्यकारहरू काठमाडौंमा
SkywellSkywell

काठमाडौं । नेपालको अग्रणी साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ले नेपाल बंगलादेश स्रष्टा सम्मेलनको आयोजना गर्दै बंगलादेशका स्रष्टाहरूको स्वागत गरेको छ । 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अभिव्यक्तिका संरक्षक, साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अभिव्यक्तिले बंगलादेशका साहित्यकारहरूको रचना अनुवाद गरी छाप्न सकिने प्रसंग उठाए । उनले ‘यताको साहित्य उता र उताका साहित्य यता छापियोस्’ भन्ने विषयमा जोड दिए ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा अर्का साहित्यिक पत्रकार रोचक घिमिरेले केही समय बाङ्गला भाषामा सम्बोधन गर्दै बाङ्गला भाषा र नेपाली भाषामा समानता रहेकोले चाहेको खण्डमा बंगलादेशका सर्जकहरूले नेपाली भाषा बुझ्न सकिने बताए ।

कार्यक्रममा बंगलादेश नेपाल मैत्री समाजका अध्यक्ष मशहूर अहमदले नेपालमा पाएको न्यानो मायाको प्रसंशा गरे । उनले आफूहरूले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीसँग भेट गर्न पाएकोमा खुसी लागेको बताए ।

सो अवसरमा बंगलादेशका स्रष्टाहरू शेली सेनगुप्ता, डा. अनवरा सैयद हक, प्रा.डा. दिलारा हाफिजले कविता वाचन गरे भने गायक काजलकुमार मुखर्जीले ‘एक्ला चलो रे...’ गाउँदै रवीन्द्र संगीत प्रस्तुत गरे ।

कार्यक्रममा मोहम्मद महशूर रहमान र सलाउद्दिन कुटुले पनि नेपाल बंगलादेशको साहित्यका बारेमा बोले ।

सोही अवसरमा नेपाली साहित्यकाररू पवन आलोक, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रतीक ढकाल, श्रीओम रोदन, रामप्रसाद पन्त, शकर भारतीले साहित्य कला कुनै पनि भूगोलमा नबाँधिने बताए । 

बंगलादेशका सात स्रष्टा तीन दिनदेखि काठमाडौंमा छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro