site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मापदण्डभन्दा अधिक भिटामिन डी भेटिएको ‘बायोडी’को आयातकर्ताविरुद्ध मुद्दाको तयारी 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । औषधि व्यवस्था विभागले भिटामिन डी थ्री बायोडीको आयातकर्ता ‘एमके हेल्थकेयर फार्मास्युटिक्स प्राली’ विरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । 

एमकेमार्फत नेपाली सेनाले खरिद गरेको ‘भिटामिन डी थ्री ड्रप्स् बायोडी’ मा भिटामिन डी थ्री को मात्रा मापदण्डभन्दा ५३ गुणा भएको पुष्टि भएपछि कम्पनीविरुद्ध मुद्दा चलाउने तयारी गरिएका हो । 

विभागको तर्फबाट राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा समेत सो मात्रा अधिक भएको रिपोर्ट आएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाउने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । 

Dabur Nepal
NIC Asia

मुद्दा दायर भएपछि खरिदकर्ता समेतलाई क्षतिपूर्ति दाबी प्रक्रियाका लागि बाटो खुल्नेछ । 

जी कम्पनीबाट सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को ‘भिटामिन डी थ्री ड्रप्स् बायोडी’ कोलिक्याल्सिफेरोल मा भिटामिन डीको मात्रा ८०० आईयू (इन्टरनेसनल युनिट) प्रतिएमएल  हुनुपर्नेमा ४२ हजार सातसय १८ आईयू भएको पाइएको थियो । 

नेपाली सेनाले नवजात शिशुमा प्रयोग गर्न खरिद गरेको सो भिटामिनमा डी थ्रीको मात्रा मापदण्डभन्दा झन्डै ५३ गुणा बढी देखिएपछि जानकारीसहित सेनाले २०७८ चैत १६ गते आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागलाई पत्राचार गरेको थियो । 

उजुरी पाएको तीन महिनापछि विभागले अनुसन्धान सुरु गरेको थियो । विभागले सो भिटामिनमा डी थ्रीको मात्रा बढी भए÷नभएको पुष्टि गर्न राष्ट्रिय औषधि प्रयोगशालामार्फत परीक्षण गर्दा ४४ हजार दुईसय ५० आईयू प्रतिएमएल भएको पाइएको विभागले जनाएको छ । 

सो  समयसम्म फार्मेसीहरूमा बिक्री–वितरण भइरहेको उक्त भिटामिनबारे विभागले असार २३ गते विज्ञप्ति निकाल्दै भारतको जी ल्याबबाट उत्पादित बायोडी ड्रप्स बिक्री–वितरण तथा प्रयोग नगर्न नगराउन निर्देशन दिएको थियो । 

आयात अनुमति दिने निकाय 'अझै मौन'

बायोडी ड्रप्स खाद्यसमपूरक (फुड सप्लिमेन्ट्स)का रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा भने दर्ता भएको र आयातकर्ता एमके हेल्थकेयरले सो भिटामिन आयातका लागि २०७९ भदौसम्मका लागि आयात अनुमति पाएको देखिएको छ । 

तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यसबारे कुनै अनुसन्धानको प्रक्रिया अघि बढाएको छैन । 

विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भारतबाट आउने खाद्यपदार्थहरूमा भारतको फुड सेफ्टी एन्ड स्ट्यान्डर अथोरिटी अफ इन्डियाले दिएको मापदण्डलाई अधिकारिक मानेर नेपालमा आयात अनुमति दिइने गरेको बताउँछन् । 

बायोडीको हकमा विभागले आयातकर्ता एमके हेल्थकेयरसँग हालसम्म लिखित रूपमा कुनै स्पष्टीकरण वा ल्याब परीक्षणको रिपोर्ट मागेको छैन । मौखिक रूपमा विभागका कर्मचारीले मागेको ल्याब रिपोर्टमा एमके हेल्थकेयरले भारतको डीएन ल्याबोरेटरी नामक प्रयोगशालाबाट बायोडीको ६२१–५४७ ब्याचको भिटामिन परीक्षण गरिएको रिपोर्ट पठाएको छ । 

तर, औषधि व्यवस्था विभागले मुद्दाको तयारी गर्दा खाद्य विभागले भने आफूले जानकारी नपाएको भन्दै पन्छिन खोजेको छ । 

“हामीलाई औषधि व्यवस्था विभागले गरेको पछिल्लो कारबाहीबारे जानकारी छैन । बरु एमकेसँग त्यो भिटामिनको स्याम्पल मागेर परीक्षण गर्न पठाउने तयारी भने गरेका छौँ,” विभागका एक उच्च अधिकारीले भने । 

खाद्य विभागको पछिल्लो विवरणमा एमकेले सातवटा आहारपूरक खाद्यन्नका लागि आयात अनुमति पाएको देखिन्छ ।

यस सम्बन्धी थप समाचार हेर्नुहाेस् :

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro