site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अम्बानीद्वारा २५ अर्ब डलरको ५ जी इन्टरनेट सेवाको घोषणा, सुपथ मूल्यमा दिइने
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतीय अर्बपति उद्योगपति मुकेश अम्बानीले आगामी दुई महिनाभित्र ५ जी इन्टरनेट सेवा प्रारम्भ गर्न २५ अर्ब अमेरिकी डलर बराबरको योजना घोषणा गरेका छन् ।

टेलिकमदेखि रिटेल ग्रुपको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीले भनेका छन्, “तीव्र गतिको नेटवर्कको व्यवस्था सबैभन्दा पहिले नयाँदिल्ली र मुम्बईजस्ता प्रमुख सहरहरूमा कार्यान्वयन गरिनेछ । त्यसपछि सन् २०२३ को डिसेम्बरसम्म भारतका बाँकी क्षेत्रमा यो सेवा उपलब्ध हुनेछ ।"

Agni Group

उनको कम्पनीले सस्तो खालको ५ जी स्मार्टफोनको विकासका लागि गुगलसँग पनि सहकार्य गरिरहेको छ । 

सोमबार रिलायन्सको वार्षिक साधारणसभामा बोल्दै अम्बानीले भनेका छन्, “कम्पनीले भारतभरि पूर्ण रूपमा ५ जी इन्टरनेट सेवा सुचारु गरेपछि यो विश्वकै सबैभन्दा ठुलो सेवा हुनेछ ।"

Global Ime bank

रिलायन्सको सहयोगी कम्पनी तथा भारतकै सबैभन्दा ठुलो मोबाइल क्यारियरका रूपमा चिनिने 'जियो'ले यस ५ जी सेवाको वितरण कार्य गर्नेछ ।

उनले भारतीय उपभोक्तालाई अत्यन्तै सुपथ मूल्यमा उपलब्ध गराउन रिलायन्सले अमेरिकी विशाल प्रविधि कम्पनी गुगलसँग सहकार्य गरिरहेको जानकारी दिएपनि त्यसको मूल्य तथा बिक्री वितरण मितिबारे केही बताएका छैनन् । 

अहिले भारतीय बजारमा एउटा ५ जी स्मार्टफोनको न्यूनतम मूल्य करिब १५० अमेरिकी डलर रहेको छ ।    

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC