site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नयाँ ठूलो स्पेस टेलिस्कोपले यसरी देखायो बृहस्पतिको ज्योति र साना चन्द्रमा
Sarbottam CementSarbottam Cement

पेरिस । विश्वको सबैभन्दा नयाँ र ठूलो अन्तरिक्ष टेलिस्कोपले बृहस्पति ग्रहको पहिला कहिल्यै नदेखिएको रूप, ध्रुवीय ज्योति र साना चन्द्रमाहरू देखाएको छ ।

वैज्ञानिकहरूले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहका तस्बिर सोमबार सार्वजनिक गर्दै यसबारे जानकारी दिएको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।

जेम्स वेब स्पेस टेलिस्कोपले गएको जुलाईमा उक्त तस्बिर खिचेको थियो । सो टेलिस्कोपले बृहस्पतिको उत्तरी र दक्षिणी प्रकाशहरू र घुमिरहेको ध्रुवीय तुवाँलोको अभूतपूर्व दृश्यहरू कैद गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

ठूलो रातो दाग, पृथ्वी निल्न पुग्ने पर्याप्त आँधीबेहरी तथा अनगिन्ती साना आँधीहरूसँगै बृहस्पतिको चम्किलो रूप तस्बिरमा देखिन्छ ।

एउटा तस्बिर विशेषगरी ग्रह वरिपरि हल्का गोलाकारले घेर्नुका साथै दुई साना चन्द्रमा आकाशगंगाहरूको चम्किलो पृष्ठभूमिमा देखिन्छ ।

Global Ime bank

“हामीले बृहस्पतिलाई यसरी कहिल्यै देखेका छैनौँ । यो सबै एकदम अविश्वसनीय छ,” क्यालिफोर्निया विश्वविद्यालय बर्कलेका ग्रह खगोलविद् इम्के डे पाटरले भनिन् ।

“इमानदारीका साथ भन्नुपर्दा हामीले वास्तवमै यो यति राम्रो हुने आशा गरेका थिएनौँ,” उनले थपिन् ।

वैज्ञानिकहरूले आशा गरेका छन् कि वेबमार्फत उनीहरूले ब्रम्हाण्डको सुरुवात देख्न पाउनेछन् । १३.७ अर्ब वर्ष पहिले तारा र आकाशगंगाको निर्माण भएको थियो ।

ग्रह हेर्ने वेधशाला पृथ्वीबाट १.६ लाख किलोमिटर (मिलियन माइल) टाढा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC