site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फाेहाेर व्यवस्थापनसम्बन्धी १७४ सहमति : भएन कार्यान्वयन, राज्यसँग गुम्याे स्थानीयकाे विश्वास !
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । धुनिवेशी नगरपालिका–१ मा क्रियाशील राजनीतिक दलका प्रतिनिधिले संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

धुनिवेशी नगरपालिका १ का सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूले आफ्ना दलका नगर नेतृत्वलाई पत्राचार गर्दै फोहोर मैला व्यवस्थापनलाई हल्का रूपमा लिएमा निर्वाचन बहिष्कारका अभियानमा लाग्ने चेतावनी दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

धुनिवेशी–१ का नेपाली कांग्रेस सभापति पूर्ण सिंह तामाङ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष विष्णु तामाङ र नेकपा (एकीकृत समाजवादी)का भिषण धितालले नगर कार्यसमितिका अध्यक्ष तथा सभापतिलाई पत्राचार गर्दै फोहोर मैला सदाका लागि बन्द गर्न आग्रह गरेका छन् । उनीहरूले यस विषयमा नेकपा (एमाले)सहित सबै दलको सर्वदलीय बैठक बोलाइ समस्या समाधानका लागि अग्रसरता लिन माग गरेका छन् । 

उनीहरूले स्थानीय बासिन्दाको जनजीवन कष्टकर हुनुका साथै स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोर मैला व्यवस्थापनको सम्बन्धमा काठमाडौं महानगर लगायत राज्यका विभिन्न अंगसँग पटक पटक गरेर अहिलेसम्म १७४ वटा सहमति भएपनि कार्यान्वयन गर्न नचाहेको र उल्टै स्थानीयमाथि बल प्रयोग गरी ज्यादती गरिएको उल्लेख गरेका छन् । 

Global Ime bank

उनीहरूले स्थानीय पीडित जनताहरू अहिले पनि आन्दोलनमा नै भएको भन्दै आफूहरू पनि आइतबारबाटै आन्दोलनमा सहभागिता जनाउने निर्णय गरेको बताएका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  २३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC