site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरिया युक्रेन युद्धका लागि रुसलाई एक लाख स्वयंसेवक दिन तयार !
Sarbottam CementSarbottam Cement

मस्को । उत्तर कोरियाले रुसलाई युक्रेनविरुद्ध लड्नका लागि सहयोगस्वरूप एक लाख स्वयंसेवक उपलब्ध गराउने प्रस्ताव गरेको छ । 

न्युयोर्क पोस्टका अनुसार रुसी च्यानल वनमा प्रशारण हुने एउटा बहस कार्यक्रमका प्रस्तोता इगोर कोरोत्चेन्कोले एक लाख उत्तर कोरियाली स्वयंसेवक युक्रेनी युद्धमा भाग लिन तयार रहेको खबर प्राप्त भएको जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

युक्रेनको राजधानी किभसहित अन्य महत्वपूर्ण भाग कब्जा गर्ने प्रयासमा असफल भएपछि रुसी फौज हतोत्साहित र थकित अवस्थामा पुगेको अवस्थामा उत्तर कोरियाली स्वयंसेवकको प्रस्ताव गरेको खबर बाहिरिएको हो ।

केही सुत्रले युद्धको दौरान अहिलेसम्म १५ देखि २५ हजारको संख्यामा रुसी फौजको ज्यान गइसकेको अनुमान गरेका छन् । युद्धको पाँच महिने अवधिभित्र प्रत्येकदिन सरदर १०० जना रुसी सेनाको ज्यान गएको हुनुपर्ने अनुमान गरिएको छ । 

Global Ime bank

कोरोतसचेन्काले घुमाउरो पाराले रुसले नियन्त्रित दोन्बास क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारको निर्माणका लागि उत्तर कोरियाली निर्माताहरूलाई आमन्त्रण गरेको पनि जनाएका छन् । 

गत जुलाईमा उत्तर कोरियाका लागि रुसी राजदूत अलेक्जान्दर मात्सेगोराले अत्यन्तै मिहेनती र योग्य कोरियाली निर्माताहरू दोन्बासमा पूर्वाधार पुनर्निर्माणका लागि आउन तयार रहेको जानकारी दिएका थिए ।  

नेसनल रिभ्यूबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC