site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ऋण तिर्न घर बेच्नै लाग्दा एक करोडको चिठ्ठा परेपछि...
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । अचानक आफ्नो एकजना मित्रले सुखद समाचार सुनाएपछि मोहमद बाभालाई ठूलो राहत महसुस भयो । दक्षिणी भारतको केरला राज्यको कासारगोद सहर निवासी उनलाई साथीले एक करोड भारुको चिठ्ठा परेको खबर सुनाएका हुन् । 

‘कतै भाग्यले साथ देला कि’ भन्ने आशले उनले झण्डै एक वर्षदेखि चिठ्ठा खरिद गर्दै आएका थिए । यो घटना २५ जुलाईको हो । त्यसको चार दिनपछि उनी आफ्नो गृह नगरको ‘सेलेब्रेटी’ नै बन्न पुगे । 

भारतका अधिकांश राज्यमा चिठ्ठा खरिद बिक्रीलाई अवैध मानिन्छ । तर, केरला लगायत केही राज्यमा कडा नीति नियम र अनुगमनबीच चिठ्ठा व्यवसायलाई अनुमति दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बाभाले उचित समयमा चिठ्ठा जितेका हुन् । उनी वर्षौँदेखि जम्मा हुँदै गरेको ऋणमा चुर्लुम्मै डुबेका थिए । ऋणदाताहरूको पैसा तिर्न नसकेकाले उनी र उनको परिवारले ठूलो आर्थिक र भावनात्मक तनाव खेप्दै आइरहेका थिए । 

अन्ततः उनीहरू आफ्नो घरै बेचेर भए पनि ऋण चुक्ता गर्ने निर्णयमा पुगेका थिए । तर, घर किन्नेसँग अन्तिम सम्झौता गर्नु केही घण्टाअघि मात्र उनले आफूलाई चिठ्ठा परेको खबर पाएका थिए । चिठ्ठा परेकै साँझ साढे पाँच बजे उनले घर बिक्रीको पेस्की रकम बुझ्ने तय भएको थियो । 

Global Ime bank

तर, भाग्य र संयोगकै अनौठो लिला मान्नु पर्छ, त्यही दिनको ३ बजेर २० मिनेट जाँदा उनलाई उनको साथी गणेशले ह्वाट्स अप म्यासेजमार्फत सुखद खबर सुनाए । उनले त्यो खबरले आफू र आफ्नो परिवारको खुुशीको सीमा नै नरहेको बताएका छन् । 

कर कटाएर बाभाको हातमा अब ६३ लाख भारु पर्नेछ । पैसा कहिले आउँछ भन्ने स्पष्ट भइसकेको भने छैन । तर, यो खबर पाएपछि ऋणदाताहरूले पहिले जस्तै तारन्तार ताकेता गर्न छाडेकाले उनको चिन्ता पनि सकिएको छ । 

निर्माण सम्बन्धी ठेकेदारीको काम गर्ने बाभाको केही वर्षयता व्यवसाय मन्द बन्दै गइरहेको थियो । त्यसपछि कोराना महामारी फैलिएपछि त उनको व्यवसाय झनै धराशायी हुन पुगेको थियो । 

पाँच सन्तानका पिता बाभाका दुई सन्तानको हालसालै विवाह भएको हो । जसले गर्दा उनीमाथि अर्को आर्थिक बोझ थपिन पुगेको थियो । उनले केही पैसा गरिब वर्गलाई दान दिने पनि सोच बनाएका छन् । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  २३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC