site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
आफू निकटलाई विश्वासमा राखेर विभाग गठन गर्ने देउवाको तयारी 
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान अनुसार पार्टी संचालन गर्न नसकेपछि चर्चाका काम थालेका छन् । पार्टी विधान अनुसार महाधिवेशनको छ महिनाभित्र पार्टीका विभाग र समितिहरु बनाइसक्नुपर्छ । तर, मंसिरमा सम्पन्न महाधिवेशनपछि अहिलेसम्म कुनै काम नगरेका उनले अहिले भने गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई नेताहरुसँग छलफल गर्न लगाएर चर्चाको बाटो रोजेका छन् ।
 
१३औं महाधिवेशनदेखि देउवाको प्रतिपक्ष रहेका रामचन्द्र पौडेल १४औं महाधिवेशनबाट उनी निकट भएर काम गरिरहेका छन् । तर, देउवाले खाँणलाई पठाएर पार्टीका विभाग र समितिहरु बनाउने विषयमा छलफल थालेका हुन् । सभापति निकट रहेका खाँण पार्टीको संगठन विभाग र संसदीय बोर्डमा समेत रहन काम गरिरहेका छन् । 

देउवाले खाँणसहित ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत बोर्डमा राख्ने वातावरण नबन्दा पार्टीको चुनावमा टिकट बाड्ने सर्वोच्च संस्था संसदीय बोर्ड (समिति)नै बनाएका छैनन् । यसबीचमा आफू निकटकै नेताहरुसँग देउवाले खाँणलाई छलफल गर्न लगाएर वातवरण निर्माणमा सहयोग खोजिरहेका छन् ।
 
“मुलुकको समसामयिक राजनीतिक र पार्टीको संगठन सुदृढिकरण र क्रियाशील बानाउनेबारे कुराकानी भयो,” खाँणडको भनाइ उदृत गर्दै उनको सचिवालयले भनेको छ । 

Dabur Nepal
NIC Asia

पार्टीको विधानमा २८ विभाग गठन गर्ने व्यवस्था भए पनि देउवाले सूचना संचार तथा प्रचार विभाग मात्र गठन गरेका छन् । त्यसबाहेकका विभाग गठन गर्ने तथा अन्य विभागहरु समेत थपेर नियुक्ति दिँदै ४५ विभाग बनाउने र निर्वाचनसम्म पार्टीको तल्लो तहसम्मको बहुमत आफ्नो पक्षमा पारेर आफू निकटलाई धेरै टिकट वितरण गर्ने तयारीमा देउवा छन् । 

देउवाले आफूसँग चुनाव लडेको शेखर कोइराला समूहसँग भन्दा निर्वाचनमा आफूलाई प्रत्यक्ष अप्रत्यक्ष सघाएका रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालालाई विश्वासमा राख्ने प्रयत्न गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro