site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ट्विटर नकिन्ने भएपछि एलन मस्कविरुद्ध मुद्दा हाल्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्विटर कम्पनी खरिद नगर्ने घोषणा गरेपछि ट्विटरले उनीविरुद्ध मुद्दा हाल्ने  भएको छ । मस्कले  आफूलाई एक पत्र पठाउँदै ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौता भंग गरेको ट्विटरले बताएको छ । 

शुक्रबार मस्कको टिमले ट्विटरलाई लेखेको पत्रमा ट्विटरले सम्झौता विभिन्न प्रावधानहरूको भौतिक उल्लंघन गरेको हुँदा खरिद सम्झौताबाट पछि हट्ने निर्णय गरिएको दाबी गरिएको छ । मस्कले ट्विटरमा रहेका फेक अकाउन्टहरूको बारेमा प्रष्ट जानकारी मागेकोमा  ट्विटरले त्यसको डाटा उपलब्ध  गराउन नसकेकाले सम्झौता भंग  भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

केही समयअघि एलन मस्कले ट्विटरमा २० प्रतिशत फेक तथा स्पाम अकाउन्ट भएको दाबी गरेका थिए । जबकि, यो संख्या ट्विटरले दाबी गरेको ५ प्रतिशतभन्दा ४ गुणा धेरै हो । ट्विटरले फेक तथा स्पाम अकाउन्टको यथार्थ विवरण नदिएमा कम्पनी खरिद नगर्ने मस्कले लामो समयदेखि बताउँदै आएका थिए ।

मस्कको एकतर्फी रुपमा सम्झौता भंग गर्ने निर्णयविरुद्धमा ट्वीटर कम्पनीले अदालत जाने भएको हो । ट्विटर कम्पनीका बोर्ड अध्यक्ष ब्रेट टेलर गरेको  ट्विटअनुसार एलन मस्कसँग भएको सहमति अनुसारको मूल्य तथा शर्तमा खरिद बिक्री कार्यलाई टुंग्याउन ट्विटर प्रतिबद्ध रहेको र खरिद सम्झौता लागु गराउनका लागि कानुनी कार्बाहीको योजना बनाइरहेको पनि उनले बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC