site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
गठबन्धनको भविष्य र कांग्रेस रणनीति 

नेपाली कांग्रेसले स्थानीय तहक निर्वाचनको बल्ल समीक्षा गर्ने जमर्को गर्दैछ । चुनाव समीक्षा भनिए पनि कांग्रेसको असार २७ गते बस्ने केन्द्रीय समितिको बैठकमा भावी रणनीति र पार्टीको कार्यदिशाका विषयमा पक्कै छलफल हुनेछ । साथै बैठकमा आसन्न प्रदेश र संघीय निर्वाचनका साथै विभागहरुमा मनोनयन, भातृ संस्थाको गठन तथा कार्यसमितिलाई पूर्णता दिने विषयले पनि स्थान पाउनेछ । 

सबैभन्दा पेचिलो विषय कांग्रेस गठबन्धनसहित निर्वाचनमा जान्छ कि एक्लै भन्ने नै हो । स्थानीय निर्वाचनमा प्राप्त मतका सम्बन्धमा मिश्रित प्रतिक्रिया छन् । कसैले फाइदा भयो र कसैले भएन भन्छन् । कांग्रेसभित्र गठबन्धनका पक्ष र विपक्ष दुवै धार प्रभावशाली छ ।

क. गठबन्धनको भविष्य

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाली राजनीतिमा कांग्रेस र कम्युनिस्टको गठबन्धन कठिन मानिन्थ्यो । यद्यपि, राजनीतिक परिस्थितिका कारण यी विपरीत विचार राख्नेहरुको पनि एकता राष्ट्रिय आवश्यकता हुनसक्छ । तर, सामान्य अवस्थामा भने यस्ता शक्तिहरुको गठबन्धन निहित स्वार्थका लागि हुने गर्छ । 

एकातिर सबै पार्टीभित्र पुस्तान्तरणको विषय उठ्नु, अर्कोतिर स्वतन्त्र उमेदवारहरुको मनोबल बढ्नुले जनता र राष्ट्रभन्दा आफ्नो र परिवार अनि गुटका लागिमात्र काम गर्ने नेताहरुलाई सत्ताका टिकिराख्न गठबन्धन आवश्यक परेको हो । दलहरूको नेतृत्व गठबन्धन गरेर आफ्नो अस्तित्व जोगाउनु पर्ने बाध्यात्मक परिस्थितिमा देखिन्छ । 

Royal Enfield Island Ad

दलीय व्यवस्था भएका नेपालसहित थुप्रै देशका लागि पार्टी सत्ता राज्य सत्ताको अनिवार्य पूर्वसर्त हो । पार्टी सत्ताविना संसदीय पद्धतिमा राज्य सत्ता बरिलै प्राप्त हुन्छ । नेपालको राजनीतिमा पार्र्टीहरु विधि र विधानअनुरुप नचल्ने, पार्टीमा चरम गुटबन्दी गर्ने, पार्टीभित्रका इमानदार कार्यकर्ता संकटमा हुने अनि जस्तोसुकै प्रकारले कमाएको धन र त्यसआर्जित शक्तिको आडमा दलभित्र पद र हैसियत प्राप्त गर्ने गरिरहेका छन् । यहीकारण सबै पार्टीहरुमा आन्तरिक कलह व्याप्त छ । यही कलहका कारण शीर्ष नेतृत्वका लागि सहज सत्ता प्राप्तिका लागि चुनावी गठबन्धन अनिवार्यजस्तै छ । उनीहरु पार्टीको आन्तरिक व्यवस्थापनका लागि फरक गुट र प्रतिस्पर्धीहरुलाई ‘ठेगान लगाउने’ माध्यम पनि यसलाई नै बनाउँदैछन् । 

गठबन्धनका लागि स्थानीय तहको निर्वाचनको मतपरिणाम संघीय र प्रादेशिक निर्वाचनका लागि आधार हो । यही मतपरिणाम कम्युनिस्ट एकताका लागि होस् या कम्युनिस्ट कांग्रेस गठबन्धन निर्वाचनमा ‘बार्गेनिङ’ को आधार बन्नेछ । अहिले कायम रहेको गठबन्धन अर्को चुनावसम्म जानेमा गठबन्धनकै नेताहरु नै सन्देहमा देखिन्छन् । त्यसको कारण पार्टीले पाउने मत र गठबन्धनका दललाई जाने मत नै हो । 

कम्युनिस्ट कार्यकर्ता नेतृत्वको निर्देशनमा चल्ने अभ्यासबाट आएका हुँदा पार्टीलाई जाने मत र गठबन्धनको अर्को दललाई जाने मत लगभग उस्तै पाइयो । तर ‘जनाधारित’  लोकतान्त्रिक पार्टीहरुमा नेताको निर्देशनमात्रले मतदाता प्रभावित हुँदैनन् । खुलारुपमा आफ्नो मत प्रकट गर्ने हुँदा गठबन्धनको औचित्य स्थापित गर्न कठिन देखिएको छ । 

हुनपनि २०५५ देखि २०६२/६३ तिरका प्रधानशत्रु मानिएका दलहरू बिनाएजेन्डा सत्ता स्वार्थका लागि गठबन्धनमा बसेर सत्तामा साझेदारी गरिरहेका छन् । निर्वाचनमा पनि तिनै दलहरुबीच गठबन्धन गर्दा कम्युनिस्ट–लोकतान्त्रिक शक्तिबीचको चुनावी गठबन्धनभित्रै प्रतिस्पर्धा देखिएको छ भने दलहरुभित्रको आन्तरिक कलहले गठबन्धनको भविष्यमा नै प्रश्न उठेको छ । 

त्यसैले सत्तामा पनि रहने अनि कम्युनिस्ट एकताको अपरिहार्यतामा जोड दिँदै विपक्षीसँग पनि मोलतोल गर्ने प्रवृत्ति बढ्दैछ । यसले गठबन्धनका शक्तिहरुबीच राजनीतिक विश्वास घट्दै गएको छ । शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल र पुष्पकमल दाहालका पार्टीको अवस्था, त्यहाँभित्र दबाब समूहको भूमिका तथा नेताहरुको व्यक्तिगत आचरणले गर्दा नयाँ समीकरण निर्माणलाई सबैले खुला देखिन्छ ।

ठूलै भाग पाए कांग्रेससहितको गठबन्धन गर्ने, नसके अहिलेको सत्ता गठबन्धनभित्र नै दाहाल, नेपाल र उपेन्द्र यादवले नेत्रविक्रम चन्दसहितको एकता या गठबन्धन निर्माण गर्ने जस्ता सबै विकल्पहरु खुला राखी चुनावमा जान खोजेको देखिन्छ । 

ख. कम्युनिस्ट मिल्न नदिने कांग्रेस रणनीति 

कांग्रेसको मूल नीति कम्युनिस्ट मिल्न नदिने र आन्तरिक कलहको व्यवस्थापन गर्ने नै हुनुपर्ने हो । तर, एकातिर स्थानीय निर्वाचनको मत परिणामले गर्दा देउवा गठबन्धनलाई  निरन्तरता दिन चाहन्छन् भने अर्कोतर्फ पार्टीभित्रको कलहको व्यवस्थापन उनको लागि चुनौती बन्दै गएको छ ।

कम्युनिस्ट पार्टीको सरकारले संसद्मा दुई तिहाई बहुमत पाउँदा समेत जनचाहनाअनुरुप काम गर्न नसक्नु, पूर्ववर्ति सरकारको कूटनीतिक विचलन, दलहरुमा बढ्दो बाहिरी प्रभाव र अन्तरदलीय सम्बन्धका कारण उब्जिएका विवादहरूमा रुमल्लिँदा आठ खर्बको हाराहारीमा रहेकोे ऋण १८ खर्ब पुग्यो । यहीबीचमा ठूलाठूला भ्रष्टाचारका घटना बाहिर आए । महामारीका बेला स्वास्थ सामाग्री खरिद र खोप खरिदमा भएको भ्रष्टाचारले त सरकार पूरै बदनाम भयो । जनताले सरकारसँग सामान्य अपेक्षासमेत राख्न छोडे । दुईदुई पटक संसद् विघटन, अध्यादेशमार्फत शासन र प्रधानमन्त्रीले नै जनतालाई गाली गर्ने तहमा उत्रने अभ्यासले ओली सरकार पतनको बाटोमा गयो । 

विकल्पमा खोप दिने प्रण गर्दै देउवा नेतृत्वको सरकार आयो । संसदीय अभ्यासलाई गिजोलिएपछि अदालतको परमादेशको सहायताले सरकार गठन भयो । खोपकै भरमा स्थानीय  निर्वाचनसम्म पुग्यो र अहिले यही सरकारबाट संघीय र प्रादेशिक चुनावको तयारी हुँदैछ । 

कांग्रेसको रणनीति 

कांग्रेसमा देखिएको गठबन्धन गर्ने/नगर्नेबीचको तानातानले ऊ गठबन्धनविनै  चुनावमा जाने जमर्को गर्दै गरेको देखिन्छ । त्यसका लागि कांग्रेसभित्र पूर्ण एकता अपरिहार्य मानिदैछ ।  यसका लागि २०५६ सालमा गिरिजाप्रसाद कोइरालाले अख्तियार गरेको रणनीति कांग्रेस नेतृत्वले लिनुपर्ने देखिन्छ । त्यसबेला गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भटराईलाई  भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर चुनावमा गएका थिए । अरु खास मुद्दा नभए पनि कांग्रेस एकताको बलले बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार बनाउन सफल भएको थियो । 

आगामी निर्वाचनमा पनि हालका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अरू कसैलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाएर पार्टीलाई एकत्रित र मजबुत  बनाउँदै चुनावमा जाने परिस्थिति निर्माण हुँदै गएको छ । कांग्रेसका नयाँ कार्यकर्ता र नयाँ पार्टी संरचनाको व्यवस्थापन तथा पुस्तान्तरणको विषयसँगै युवा पंक्तिमा बढेको महत्त्वाकांक्षाले  देउवालाई पार्टीको आन्तरिक व्यवस्थापन नै पेचिलो बनेको छ ।

सत्ता गठबन्धनका केही बहालवाला मन्त्रीले प्रधानमन्त्रीदेखि आफ्नै पार्टीको समेत निर्देशन नमान्ने, स्वार्थअनुरुप काम गर्ने गरेको देखिँदैछ । दाहाल, नेपाल र यादवलगायतको व्यवस्थापन पनि देउवाका लागि चिन्ताको विष्य बनिरहेको छ । सरकारको गिर्दो साख र आफ्नै दल र अरु दलसम्मको व्यवस्थापनले देउवाका चुनौती बढिरहेका छन् । एकातिर ६० प्रतिशत नै स्थान लिए पनि पार्टीभित्रका आकांक्षी व्यवस्थापन गरेर अन्तर्घात रोक्न नसकिने अवस्था र अर्कोतिर त्यही ६० प्रतिशतमा पनि कांग्रेसले नै छोड्नुपर्छ भन्ने गठबन्धनका दलहरुको दबाबले देउवा आफैँ गठबन्धन छोड्ने बाध्यतामा पुग्दैछन् । यस्तो अवस्थामा पार्टी एक्लै चुनावमा जाने वातवरणका लागि अन्तर्घात रोक्न पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने हुन्छ । 

एकातिर पार्टीभित्रको कलह नमिलाई अन्तर्घात रोक्न नसक्ने अवस्था र कम्युनिस्टहरुको एकता वा गठबन्धनसँग जुध्न पार्टीको सुदृढ एकतामार्फत लोकप्रिय मत बनाउनुपर्ने कारण देउवाको बाध्यता बढेको हो । स्वतन्त्र उमेदवारहरुको दरिलो उपस्थिति र हिन्दु धर्म र राष्ट्रियताका नाममा आउने स्वतन्त्रदेपखि राजेन्द्र लिङ्देनसम्मका उम्मेदवारले कांग्रेसकै मत घटाउने हुँदा कांग्रेसका लागि सुदृढ एकतामार्फत पार्टीशक्तिको एकीकृत प्रयोग गर्नु अपरिहार्य छ । 

ग. देउवाको दाउ 

पाँचपटक प्रधानमन्त्री र दुईपटक सभापति बनेका देउवाका लागि अब थप कार्यकाल प्रधानमन्त्री बन्न अर्कै योजना बनेको देखिन्छ । उनको अबको प्राथमिकता फुटबल खेलमा जसरी सके आफू नै गोल गर्ने नसके बल पास गर्ने हुनसक्छ । यसर्थ देउवाले अबका दिनमा अघिल्लो संघीय र प्रदेश निर्वाचनमा पार्टीको गुमेको अस्तित्व, साख र छविलाई  पुनःस्थापित गरी राजनीतिबाट विश्राम लिनु श्रेयश्कर हुने देखिन्छ । 

अहिले देउवालाई पार्टीभित्र र गठबन्धनभित्रको विरोध थेग्न कठिन छ तर पनि उनको सामु विकल्प छैन । शत्रुहरूलाई मिल्न नदिनु नै आफू बलशाली बन्नु हो । त्यसैले अहिले सत्तामा रहेका दलका शीर्ष नेतृत्व फरक गठबन्धनमा हुँदा पनि उनीहरुका लागि देउवा सहयोगी भूमिकामा रहनेछन् ।  

पार्टीलाई जिताउनु देउवाको कठिन र चुनौतीपूर्ण काम हो । तर, दाहाद र यादवजस्ता एकातिर सत्तामा बसेर अर्कोतिर गठजोड गरी खेल परिवर्तन गर्न माहिर खेलाडीलाई आफूसँगै वा विश्वासमा राख्न सके र कम्युनिस्ट गठबन्धन रोक्न सके भने देउवाको रणनीति सफल हुनसक्छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro