site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
साओमीको तीन नयाँ इको–सिस्टम उत्पादनहरू नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । साओमीले ‘साओमी एस–१ एक्टिभ’, ‘रेड मी स्मार्ट ब्यान्ड प्रो’ र ‘मिहोम सेक्युरिटी क्यामरा ३६०’ नेपाली बजारमा ल्याएको छ । साओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गत को होम सेक्युरिटी क्यामेरा घरको सुरक्षाका लागि र बाँकी दुई भने स्मार्ट वाच रहेको जनाएको छ ।

नयाँ प्रोडक्टको लन्च गर्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पन्डा सधैं सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरू उपभोक्तामाझ ल्याउन प्रयासरत रहेको बताए ।  “हामी चाहन्छौँ हाम्रा उपभोक्ताहरूका लागि दैनिक जीवनमा काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचरहरू भएको उत्पादनहरू दिन सकौँ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

साओमी एस् वान एक्टिभ फिट्नेसमा रुचि राख्ने व्यक्तिहरूका लागि उपयोगी लेटेस्ट र स्टाइलिस स्मार्ट वाच भएको उनले बताए । जसमा १.४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्ज को हाइ रिफ्रेस स्क्रिन रहेको छ । यसले चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिट्नेस मोडहरू पनि रहेको उनले बताए ।

यस्तै, रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध रहेको जनाएको छ । जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबिसै घण्टा मुटुको चाल पनि रेकर्ड गर्ने उनले बताए । वाटर रेसिस्टन्ट स्मार्ट वाचमा ११० भन्दा बढी वर्कआउट मोडहरू रहेका छन् ।

Global Ime bank

 त्यस्तै, मिहोम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुलकलर प्यालेट देख्न सकिने कम्पनीले जनाएको छ । ती क्यामराहरुले ३६० एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् जनाएको छ ।

त्यस्तै,  त्यसमा भएको टु वे अडियो टक ब्याक फिचरले जहाँबाट पनि आफ्नो परिवारसँग कुरा गर्न सकिने जनाएको छ । यसमा ३२ जिबीसम्मको स्टोरेज रहेको जनाएको छ ।

साओमी एस वान एक्टिभ स्मार्ट वाचको मूल्य नेपाली रुपैयाँ २२ हजार ९९९ रहेको जनाएको छ । यस्तै, रेड मी स्मार्ट ब्यान्ड प्रोको मूल्य ६ हजार १९९ र मी होम सेक्युरिटी क्यामरा ३६० को मूल्य ४ हजार ४९९ रहेको रहेको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC