site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
गुगलले सार्वजानिक गर्यो नयाँ पिक्सेल स्मार्टवाच 
Sarbottam CementSarbottam Cement

बीबीसी । गुगलले आफ्नो पहिलो स्मार्टवाच सार्वजानिक गरेको छ । यसको आफ्नो छुट्टै अपरेटिङ सिस्टम रहेको छ भने स्वास्थ्य र फिटनेसको जाँच गर्न फिटबिट हेल्थ ट्रयाकिङ फिचर पनि उपलब्ध गराइएको छ । 

गुगलले २०१९ मा फिटबिटलाई २.१ अर्ब डलरमा खरिद गरेको थियो । तर यो स्मार्टवाच एन्ड्रोइड डिभाइससँग मात्र कनेक्ट गर्न मिल्छ र फोर–जी सेवा सँग अनुकूल छ । नजिकै मोबाइल फोन नहुँदा पनि यसले आफैँ राम्ररी काम गर्न सक्छ । तर यसमा फोन र स्मार्टवाच एउटै नेटवर्कसँग जोडिएको हुनुपर्नेछ । 

कम्पनीले अहिलेसम्म यसको मूल्य भने सार्वजानिक गरेको छैन । एप्पल र सामसुङसँग कडा प्रतिस्पर्धामा रहेको गुगलले तुलनात्मक रुपमा ढिलो स्मार्टवाच ल्याएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

तरपनि गुगलको प्रणाली र फिटबिटको अतिरिक्त ‘एक्सपर्टिज’ ले यो उत्पादनलाई अरु भन्दा फरक बनाएको गुगल सेवाका वरिष्ठ अधिकारी रिक अस्टरलोह बताउँछन् । 

यसअघि पिक्सेलको स्मार्टवाच एप्पलका उत्पादनसँग पनि जोडर चलाउन मिल्ने खबर आइरहेको थियो जसलाई कम्पनीले त्यस्तो नहुने पक्का गरेको छ । 

Global Ime bank

गुगलले फिटबिटसँग सहकार्य गर्नु अगाडि युरोपेली आयोगको स्वीकृति प्राप्त गर्नु परेको थियो जसका लागि यसले विभिन्न प्रतिबद्धता कायम राख्नुपर्ने भएको हो । यसमा उनीहरुले फिटबिटले प्राप्त गर्ने स्वास्थ्य सम्बन्धी प्रयोगकर्ताका डाटालाई गुगलमा वा कुनैपनि रुपमा विज्ञापनका लागि प्रयोग नगर्ने वचन दिएका छन् । 

यसका साथै गुगलले दुई नयाँ पिक्सेल फोनबारे पनि घोषणा गरेको छ । पिक्सेल सिक्स–ए र प्रिमियम पिक्सेल सेभेन २०२३ को जुलाइमा विक्रीका लागि उपलब्ध हुने भनिएको छ । यसमा विशेषगरी एयरबड्स अपडेट गरिएको छ जसको ब्याट्री ११ घण्टासम्म टिक्न सक्ने बताइएको छ । 

गुगलको पिक्सेल फोनले विगतमा पनि राम्रो प्रतिक्रिया पाउने गरेको छ तर अझैपनि स्मार्टफोन बजारमा विशेष स्थान बनाउन सकेको छैन । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC