site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
११०० रुपैयाँमै वर्ल्डलिंकको २०० एमबीपीएस इन्टरनेट !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सस्तो इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । वर्ल्डलिंकले बुधबारदेखि लागू हुनेगरी ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीनमहिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो । 

नेट टिभी प्रयोग नगर्ने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो । यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । तीनमहिने इन्टरनेट प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । यद्यपि, केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राउटर डिपोजिट र इन्टरनेट शुल्कबाहेक ग्राहकले थप शुल्क तिर्नुनपर्ने बताउँदै कम्पनीले भनेको छ– “यो नयाँ प्याकेजबाट विशेषगरी नेट टीभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएका छौँ ।” २०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेट टीभी बाहेकका सुविधा उपलब्ध हुने बताउँदै नेटटीभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको २०० एमबीपीएसको तीन महिने प्याकेज लिन सक्ने जनाइएको छ । 

जसअनुसार दुवै सुविधाका लागि पाँचओटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन मिल्नेगरी ‘वाईफाई मोबिलिटी’को सुविधा पाउनेछन् ।  यसबाहेक ‘टाइम ब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समयसमेत थप हुने कम्पनीले जनाएको छ ।  

Global Ime bank

गुणस्तरीय सेवा र सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC