site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ ‘इलेक्ट्रिक पावर–बोट’ तैरिने मात्र होइन उड्छ पनि
Ghorahi CementGhorahi Cement

सीएनएन । सुपरयट्स र क्रुज जहाजपछि अहिले नयाँ किसिमको अन्तरिक्ष यान जस्तै देखिने पावर–बोट चर्चामा आइरहेको छ । यसलाई ‘रेसबर्ड’ को नाम दिइएको छ । लन्च हुने तयारीमा रहेको इवान सिरिज अन्र्तगत यसको प्रोटोटाइप सार्वजानिक गरिएको छ । 

यसका निर्माता एलेजेन्ड्रो एगेग विद्युतीय मोटरस्पोर्टमा पोख्त व्यक्ति हुन् । उनलाई पहिलोपटक लकडाउनका समयमा यसबारे ‘आइडिया’ आएको उनी बताउँछन् । उनका अनुसार यो प्रविधि विशेषगरी जलवायु परिवर्तन विरुद्धका चुनौतीहरूको सामना गर्न अपनाउन सकिन्छ । 

Agni Group

यो जहाजको प्रविधि तैरने मात्र होइन उड्नमा पनि केन्द्रित रहेको हुनाले पनि आधुनिक भविष्यमा यसप्रतिको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । उनले यसमा आफ्ना उत्कृष्ट इन्जिनियरिङ कला र अनुभव पनि मिसाएका छन् । यसको बाहिरी डिजाइन चाहिँ ‘स्टार वार्स’ बाट प्रेरित भइ निर्माण गरिएको बताइएको छ ।

तर, भविष्यमा आधारित भएपनि यसको बाहिरी स्वरूपको प्राविधिक उपयोगिता रहेको उनले बताए । जस्तै यसको ‘वाटर रेजिस्टेन्स’ अर्थात पानी पस्न नदिने फिचरकै कारण ४० मिनेट चार्ज गरेको ब्याट्रीबाट जहाजको गति ५८ माइल्स प्रति घण्टा बराबर हुने बताइएको छ । 

Global Ime bank

एगेग र उनको टीमले केवल ८ महिनामै विभिन्न पाटपूर्जा सम्बन्धी विज्ञहरू भेला गराइ यसको निर्माण सम्पन्न गराएका हुन् । यसमा उनले ब्याट्री निर्माण गर्नेदेखि सबै कामका लागि छुट्टाछुट्टै विज्ञहरूलाई सहभागी गराएका थिए । र अन्त्यमा सफलतापूर्वक परीक्षण पनि गरेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC