site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
पलको बयान–गायिकालाई बियर खान दिएको हुँ, म कमल खत्रीसँग सुतेको हुँ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बलात्कारको आरोप लागेका कलाकार पल शाहले आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले सरकारी वकिलको कार्यालय तनहुँमा दिएको बयानमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका हुन ।

प्राप्त बयानमा पलले भनेका छन्,“ गत बैशाख १ गते साँझ तनहुँ दुलेगौंडा स्थित प्रदिप थापाको घर कोठामा बास बसी राती अबेर सम्म बियर खार्दै पीडित र मैले म्यासेज आदान प्रदान गरेका हौं । राति अन्दाजी ११ बजेर ४५ मिनेटतिर  हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र पसी उनलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ ।”

पलविरुद्ध जिल्ला प्रहरी कार्यायल तनहुँ र इलाका प्रहरी कार्यालय गैडाकोटमा उजुरी परेको थियो । एक नाबालिक गायिकामाथि उनले बलात्कार गरेको आरोप छ । पलविरुद्धको मुद्दा अदालतमा पेश भइसकेको छ । तनुहँ र गैडाकोटमा पलले सरकारी वकिलसमक्ष आफूमाथि लागेको आरोपको बचाउ गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०१:३४
प्रतिक्रिया दिनुहोस्