राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत सांसदको उपस्थिति छ ।
हालसम्म बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट कोही सांसद उपस्थित भएका छैनन् ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८ १४:५०
प्रतिक्रिया दिनुहोस्