site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदीप गिरि अर्को साता नेपाल फर्कँदै : स्वास्थ्य सामान्य 
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरि अर्को साता नेपाल फर्कने भएका छन् । उपचार तथा राजनीतिक भेटघाटका लागि भारत गएका गिरि अर्को साता नेपाल फर्कन लागेको गिरिको पारिवारिक स्रोतले बताएको छ । 

“अहिले नयाँदिल्लीको डेरामै बसिरहनुभएको छ । केही दिन पारिवारिक तथा शुभचिन्तकहरुसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ,” गिरिका सहयोगी विकास हमालले भने, “उहाँ अर्को पाँच छ दिनमा नेपाल फर्कने तयारीमा हुनुहुन्छ ।” 

Dabur Nepal
NIC Asia

हमालले कांग्रेस महाधिवेशनमा गिरिले केन्द्रीय सदस्यमा नै उमेदवारी दिने तयारी गरेको जानकारी दिए । 

“उहाँका विषयमा सबैलाई थाहा भएकै कुरा हो, उहाँ पदको आशक्ति नभएको नेता हो,” हमालले भने, “कांग्रेसको महाधिवेशनमा उहाँको कुनै पदाधिकारी बन्ने तयारी छैन । केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिनु हुने छ ।” 

साउनमै भारतको नयाँ दिल्ली गएका गिरिले भदौ १ गते मुम्बैको हिन्दुजा अस्पतालमा थाइराइडको उपचार गरिएको थियो ।

मुम्बइमा पाँच दिन मात्र बसेर गिरि नयाँ दिल्ली नै फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार अहिले गिरिको स्वास्थ्यमा कुनै समस्या छैन । 

भदौ ३ गते कांग्रेस उपसभापति विमलेन्द्र निधि गिरिलाई भेटन भन्दै भारततर्फ लागेपछि गिरिको स्वास्थ्य अवस्थाका विषयमा चर्चा सुरु भएको थियो । तर, गिरिको स्वास्थ्य सुरुवाति चर्चा जस्तो असामान्य नभएको परिवारले बताउँदै आएको छ । 
 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro