

काठमाडौं । दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठनको ७४ औँ भर्चुअल बैठक जारी छ । बैठकको दोस्रो दिन आज १० वटै सदस्य राष्ट्रका स्वास्थ्यमन्त्रीहरूले संयुक्त रूपमा १२ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् ।
घोषणापत्रमा कोभिड महामारीले अर्थव्यवस्था, खोपको समानुपातिक वितरण, स्वास्थ्य र समाजमा देखिएका समस्या र चुनौतीविरुद्ध एकताबद्ध भएर सामना गर्ने उल्लेख गरिएको छ । यस्तै, राजनीतिक नेतृत्व र सरकारलाई उत्तरदायी बनाउने, स्वास्थ्यमा सबैको पहुँच बनाउन स्वास्थ्य प्रणालीमा व्यापक पुनःसंरचना गर्ने, मानसिक स्वास्थ्यसहितका अन्य नसर्ने रोगहरुविरुद्ध एक हुने र दिगो विकास लक्ष्य हासिल गर्न प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय लगानी बढाउने लगायतको विषयमा सहमति भएको पनि घोषणापत्रमा उल्लेख छ ।
सोमबारदेखि सुरु भएको सम्मेलन ५ दिनसम्म चल्नेछ ।























-1716278128.jpg)












-1721811487.jpg)

