राजनीति
कामामाडौं । चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेताहरू पक्राउ परेका छन् ।
सामाखुसीस्थित गोङ्गबु चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा महामन्त्री दीपक भट्टराई सहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
सरकारको विरोधमा नारा लगाएका उनीहरूले सो नीति फिर्ता लिन माग गरका थिए ।
जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा व्यापार घाटा कम गर्न भन्दै ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने रणनीति लिइएको छ । जसको चौतर्फी आलोचना भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८ १९:५७
प्रतिक्रिया दिनुहोस्