site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संक्रमितलाई भेटेका गण्डकीका कानुनमन्त्री भन्छन् - पीसीआरका लागि खबर आएको छैन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । प्रदेशका २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेश्वर राय यादवलाई गण्डकीका समकक्षी हरि चुमानले पनि बालुवाटारमा भेटेको खुलेको छ । तर, उनले हालसम्म पीसीआर गराएका छैनन, कार्यक्रममा भने सहभागीता जनाइरहेका छन् ।

मन्त्री चुमानको तर्क छ - “ब्रिफिङ सुन्‍न गएका हौं, तर सामाजिक दूरी अपनाइएको थियो ।”

KFC Island Ad
NIC Asia

सामान्य हिसाबले पनि उनी संक्रमितसँगको पहिलो 'कन्ट्याक्ट ट्रेसिङ'मा पर्छन । तर, त्यसयता उनले गृहजिल्ला तनहुँदेखिका धेरै कार्यक्रममा उपस्थित भएका छन् ।

बिहीबार मात्रै मुख्यमन्त्री तथा मन्त्रीसहित सांसदहरु उपस्थित गण्डकी प्रदेशसभा बैठकमा पनि उपस्थित भएर एक विधेयक टेबल गरे ।

'प्राइमरी कन्ट्याक्ट'मा परिसकेपछि पनि स्वाब नदिई कार्यक्रममा उपस्थित किन हुनुभयो भन्ने प्रश्नमा उनले भने, “हामी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थियौं । त्यहाँ ब्रिफिङ थियो, त्यही सुन्‍न गएका हौं । सँगै कानुन मन्त्रालयमा पनि गयौं । सँगै बसेका होइनौं, एउटै हलमा त थियौं तर सामाजिक दूरी कायम थियो । कानुन मन्त्रालयमा पनि सुरक्षा अपनाइएको थियो । हामी एउटै लाइनमा पनि थिएनौं । संसर्ग भएको त छैन, एउटै गाडी, कोठामा बसेका पनि होइनौं । सुरक्षा मापदण्ड अपनाएर बसेका हौं । त्यस्तो त लाग्दैन, बाहिर के भनेका छन् । केही बुझेको पनि छैन । मलाई पीसीआरका लागि केही भनेका पनि छैनन् । त्यही कुरो नआएको भएर कतै गएको छैन । कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ भनेर खबर आयो भने जाउँला । धेरै कार्यक्रममा गएको छु ।”

साउन १५ गते बालुवाटारमा प्रहरी समायोजनका विषयमा छलफल भएको थियो । बैठक सकिएको ३ दिनपछि साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएका थिए । त्यही क्रममा उनले जनकपुरमा कोरोना परीक्षण गराएका थिए । कोरोना पुष्टि भएका मन्त्री यादव अहिले क्‍वाटरमै 'आइसोलेसन'मा बसिरहेका छन् ।

कानुनमन्त्री चुमान ११ साउनमा काठमाडौं गएका थिए । प्रहरी समायोजनसम्बन्धी कार्यक्रममा सहभागी मन्त्री चुमान पोखरा फर्किएको पर्सिपल्टै मुख्यमन्त्री, प्रदेश प्रहरी प्रमुखलगायत सहभागी प्रहरीलाई सवारी हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी भएका थिए । 

मन्त्री चुमान साउन २० गते गृहजिल्ला तनहुँसमेत पुगेका थिए । मातृशोकबाट गुज्रिरहेका नेकपाका स्थानीय नेतालाई भेट्न कानुनमन्त्री चुमान शुक्लागण्डकी नगरपालिकाको राईपुर गएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro