site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 सम्झौताको भोलिपल्टै गण्डकी प्रदेशमा भित्रिए दुई करोड ६५ लाखमा पाँचवटा स्कार्पियो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । असार मसान्तको दुई दिन अघिमात्रै प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा दुई करोड ६५ लाख रुपैयाँका गाडी भित्रिएका छन् । अर्को वर्ष गाडी खरिदमा एक रुपैयाँ पनि मन्त्रालयगत बजेट नभएका कारण मन्त्रालयले असार २९ गते पाँचवटा स्कर्पियो गाडी किनेको हो । प्रतिगाडी ५३ लाख रुपैयाँका दरले स्कर्पियो गाडी खरिद गरिएको हो ।

यसबाहेक ५६ लाख रुपैयाँको छुट्टै इलेक्ट्रिक कार पनि किनिएको छ । यो कार मन्त्री विकास लम्सालसहित मन्त्रालयका सचिव डा. दिपक खरालले पनि प्रयोग गर्नेछन । 

आज सम्झौता भोलिपल्टै गाडी

KFC Island Ad
NIC Asia

गण्डकीको चालु अधिवेशनमा संसदको रोष्टमबाटै कांग्रेसका सांसद कुमार खड्काले प्रदेशसभा सचिवालयबाट पाउने सुविधा फिर्ता गर्ने घोषणा गरे । कोरोना कहर र स्थानीय तहका जनप्रतिनिधीलाई प्रदेश सरकारले बढाएर ल्याएको सुविधाको विरोध गर्दै उनले सुविधा नलिने घोषणा गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलबाटै निर्णय गरेर लकडाउन अवधिभर यातायात सुविधाबापत पाउने रकम नलिने निर्णय गरेको छ ।

यस्तै, सांसदहरुले निर्वाचन पूर्वाधार कार्यक्रम खारेज गरेर त्यसको बजेट पनि कोरोना कोषमा प्रयोग गर्न सुझाव दिएका थिए । तर, उक्त सुझाव भने कार्यान्वयन भएन । कोरोना महामारीबाट बच्‍न खर्च नहुने रकम पनि कोरोना कोषमा जम्मा गरेर पिसिआर, सुरक्षित क्वारेन्टिन बनाउन भन्दै सरकारलाई सुझाव दिइरहेका छन ।

तर, मन्त्रालयले भने अत्यावश्यक रहेको भन्दै ३ करोड २१ लाख रुपैयाँ खर्चेर नयाँ गाडी खरिद गरेको हो । मन्त्रालयले गाडी खरिदको लागि पाँच करोड रुपैयाँ माग गरेतापनि अर्थले भने ३ करोड ५० लाख रुपैयाँको सहमति दिएको थियो । बचत भएको रकमले मोटरसाइकल खरिद गर्ने भनेतापनि अर्थले असार १० गते अनावश्यक सवारी साधन खरिद नगर्न पत्र लेखेको थियो । मन्त्रालयले दोश्रोपटकको बोलपत्रमार्फत गाडी खरिद गरेको हो ।

सुरुमा मन्त्रालयले गत जेठको ८ गते एउटा विद्युतीय कारसहित अन्य पाँचवटा एसयुभी मोडेलका गाडी किन्न टेण्डर गरेको थियो । तर, विद्युतीय गाडी बाहेक इन्धन प्रयोग हुने गाडीमा टेन्डर नै परेन ।

टेन्डर नपरेपछि मन्त्रालयले फेरि असार ७ गते रिटेन्डर गर्‍यो । १५ दिने म्याद २२ गते सकियो । तर, टेण्डर भने एउटा पाटीले मात्रै हाल्यो । 

मन्त्रालयका सचिव डा. दिपक खराल भन्छन्, “२२ गतेसम्म सात दिने म्याद थियो । त्यसपछि प्रक्रिया मिलाएर, माथि सार्वजनिक खरिद अनुगमन कार्यालयमा कुराकानी गरेर, निर्देशन फलो गरेर किनेका हौँ । धेरै पाटीहरुले नहालेको हुनाले गाडी आए । इलेक्ट्रिक र स्कर्पियो दुवैमा एउटा पाटीको मात्र टेण्डर प¥यो । त्यो हुनाले सहज भयो । नत्र, गाडी किन्न सक्दैनथ्यौँ ।”

मन्त्रालयले किनेको कोरियन मोडलको इलेक्ट्रिक गाडी प्रदेशकै पहिलो समेत हो । यो गाडी चार्ज गर्नको लागि तनहुँ, कास्की र पर्वतमा चार्जिङ स्टेसन समेत बनाइएको छ । त्यसका लागि १५ लाख रुपैयाँ अनुदान समेत मन्त्रालयले दिएको छ । एउटा स्टेसन भने मन्त्रालयभित्रै रहने सूचना अधिकारी शिव परियारले जानकारी दिए ।

मन्त्रालयमा हालसम्म जम्मा २ वटा नयाँ गाडीमात्र रहेको र आफूले प्रयोग गर्ने टोयोटा गाडी २० वर्ष पुरानो रहेको उनले बताए । अत्यावश्यक परेर नै गाडी खरिद गरिएको उनको भनई छ । “गाडी २९ गते आएका हुन । २८ गते सम्झौता भएको हो । अर्कोदिन गाडी आयो । सम्बन्धित टोलीले नल्याइदिएको भए हाम्रो केही बुता हुँदैनथ्यो । प्रदेश सरकार बनेपछि जम्मा दुइवटा मात्र गाडी किनिएका रहेछन । म चढ्ने गाडी संघीय मन्त्रालयले दिएको हो, रंग्याएर नयाँ बनाइएको छ, गाडी चाहिँ २० वर्ष पुरानो हो,” उनले भने ।

उनका अनुसार अहिले खरिद गर्न लागिएका गाडीमध्येमा विद्युतीय गाडीमा मन्त्री विकास लम्साल र सचिवले प्रयोग गर्नेछन । त्यसबाहेकका इन्धन प्रयोग हुने सवारीमा भने एउटा गाडी सचिवलाई, ताल प्राधिकरणका सिइओ, पर्यटन वर्षका संयोजकले प्रयोग गर्नेछन् ।

ताल प्राधिकरणका सिइओ अनुप गुरुङ, भ्रमण वर्षका संयोजक जुद्ध गुरुङ र मन्त्रालयका सचिव दिपक खरालले नयाँ गाडी चढ्नेछन । स्मरण रहोस, नेपाल सरकारले भ्रमण वर्षको सचिवालय खारेज गरेतापनि गण्डकीले भने तीन वर्षका लागि गुरुङलाई भ्रमण वर्षको संयोजक नियुक्त गरेको छ । सन् २०२२ मा गण्डकीले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

बाँकी दुई गाडी भने मुस्ताङको डिभिजन वन कार्यालय र कास्कीको घरेलु उद्योग कार्यालयले प्रयोग गर्नेछन । तर, यी कार्यालयले गाडी त पाउँछन तर नयाँ गाडी पाउने भन्ने ग्यारेण्टी चाहिँ छैन । मन्त्रालय अन्तर्गतका महाशाखाका गाडी हेरफेर हुने संकेत सचिव खरालले दिए ।

खरालका अनुसार नवलपुर जिल्लाको डिभिजन वनमा सवारी नै छैन । कास्की र मुस्ताङमा पनि गाडी छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro