site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीलाई विद्युतीयसहित थप पाँचवटा गाडी किन्दै वन मन्त्रालय
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

फाइल तस्बिर । 


पोखरा । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्षको अन्त्यतिर ६ वटा गाडी किन्‍ने तयारी गरेको छ । 

एसयूभी मोडेलका उक्त गाडी किन्न मन्त्रालयले हालै रिटेन्डर पनि गरेको छ । सुरुमा मन्त्रालयले गत जेठको ८ गते एउटा विद्युतीय कारसहित अन्य पाँचवटा एसयुभी मोडेलका गाडी किन्न टेण्डर गरेको थियो । तर, विद्युतीय गाडी बाहेक इन्धन प्रयोग हुने गाडीमा टेन्डर नै परेन ।

KFC Island Ad
NIC Asia

टेन्डर नपरेपछि मन्त्रालयले फेरि आइतबार रि-टेन्डर गरी गाडी खरिद प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले सवारी खरिदको लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्को वर्ष गाडी खरिदमा शून्य बजेट भएका कारण मन्त्रालयले यही वर्ष जसरी भएतापनि गाडी किन्ने तयारीमा लागेको छ ।

मन्त्रालयले गत महिना खुलाएको टेण्डर अनुसार विद्युतीय गाडीको खरिद प्रक्रियामात्र अगाडि बढेको छ । यो गाडी विभागीयमन्त्री विकास लम्साल सहित मन्त्रालयका सचिव र कर्मचारीले पनि प्रयोग गर्नेछन ।

सोही मितिमा खुलाइएको अन्य पाँचवटा गाडीमा भने टेण्डर नै परेन । टेण्डर नपरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयमा फोन गरेपछि मन्त्रालयले फेरि रिटेन्डर गरेको छ ।

मन्त्रालयका सचिव दिपक खराल भन्छन्, “अहिले रि टेन्डर हो । सुरुमा कसैले हालेनन । हामीले सार्वजनिक खरिद अनुगमन कार्यालयमा फोन गर्‍यौँ । अर्को वर्ष बजेट छैन भनेर भन्यौँ । उहाँहरुले २९ गतेसम्म मूल्यांकन गर्ने, दुई दिनमा गाडी उपलब्ध गराए भयो भन्ने आयो ।”

उनका अनुसार अहिले खरिद गर्न लागिएका गाडीमध्येमा विद्युतीय गाडीमा मन्त्री विकास लम्साल र सचिवले प्रयोग गर्नेछन । त्यसबाहेकका इन्धन प्रयोग हुने सवारीमा भने एउटा गाडी सचिवलाई, ताल प्राधिकरणका सिइओ, पर्यटन वर्षका संयोजकले प्रयोग गर्नेछन् ।

ताल प्राधिकरणका सिइओ अनुप गुरुङ, भ्रमण वर्षका संयोजक जुद्ध गुरुङ र मन्त्रालयका सचिव दिपक खरालले नयाँ गाडी चढ्नेछन । स्मरण रहोस, नेपाल सरकारले भ्रमण वर्षको सचिवालय खारेज गरेतापनि गण्डकीले भने तीन वर्षका लागि गुरुङलाई भ्रमण वर्षको संयोजक नियुक्त गरेको छ । सन् २०२२ मा गण्डकीले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

“म आफै चढ्ने गाडी २० वर्ष पुरानो हो । मलाई एउटा चाहियो । अनि ताल प्राधिकरणको सिइओ हुनुहुन्छ । अर्को पर्यटन भ्रमण वर्ष को संयोजक हुनुहुन्छ । उहाँलाई पनि हो । त्यसपछि मुस्ताङको डिभिजन वन कार्यालय र कास्कीको उद्योग कार्यालयलाई हो ।” सचिव खरालले भने ।

बाँकी दुई गाडी भने मुस्ताङको डिभिजन वन कार्यालय र कास्कीको घरेलु उद्योग कार्यालयले प्रयोग गर्नेछन । तर, यी कार्यालयले गाडी त पाउँछन तर नयाँ गाडी पाउने भन्ने ग्यारेण्टी चाहिँ छैन । मन्त्रालय अन्तर्गतका महाशाखाका गाडी हेरफेर हुने संकेत सचिव खरालले दिए ।

“एउटै मोडेलको गाडी किन्ने हो । किनिसकेपछि चाहिँ महाशाखाका र यताका गाडी हेरफेर गर्ने हो । ३ करोड ५० लाख बजेट हो हाम्रो । यो बजेटमा पाँचवटा गाडी किन्न सकिने भयो । बजेट रहेको भए सबै डिभिजन कार्यालयमा मोटरसाइकल किन्ने भनेका थियौँ तर समय कम भयो । पहिलो टेण्डर चाहिँ जेठमा थियो । पर्छ भन्ने अनुमान थियो, अब परेन । कसैले टेण्डर हालेनन । यो दुखद कुरा भयो ।” उनले भने ।

मन्त्रालयका सचिवले प्रयोग गर्ने टोयोटा गाडी २० वर्ष पुरानो हो ।

नवलपुर जिल्लाको डिभिजन वनमा सवारी नै छैन । कास्की र मुस्ताङमा पनि गाडी नभएको हुँदा खरिद प्रक्रियालाई अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । तर, सुरुमा टेण्डर नपरेपछि पुन टेण्डर गरेर गाडी खरिद गर्न लागिएको होछ ।

“पहिले गरिएको टेण्डर चाहिँ परेको छ । विद्युतीय गाडीमा मात्र परेको छ । वातावरणको प्रक्रिया र मोडेलको कारण पनि एउटा चाहिन्छ भनेर किन्न लागेका हौँ । ५० देखि ६० लाखसम्म परेको छ । त्यो गाडी मन्त्रीज्यूले पनि चढ्नुहुन्छ । पोखरा उपत्यका भित्र अफिसियल प्रयोजनमा आउँछ । वातावरणमैत्री गाडी भएपछि एउटा नमुना पनि हुन्छ भन्ने हो,” खरालले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro