site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नाकामा पनि क्‍वारेन्टाइनमा, फेरि क्‍वारेन्टाइनमै बस्दा कोरोना भेटियो’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । बागलुङका ६ जनामा बुधबार एकैपटक कोरोना संक्रमण भेटियो । यसअघि बागलुङमा भेटिएका दुई कोरोना संक्रमित निको भएर घर फर्किइसकेका छन् । वैशाख १३ गतेयता नयाँ संक्रमण नभेटिएको बागलुङमा बुधबार एकैपटक संक्रमण भेटिएका ६ जना नै भारतको सीमामा क्‍वारेन्टाइनमा नै बसेर आएका थिए । बडिगाड गाउँपालिकाका दुई र तमानखोलामा भेटिएका चारजना एकैदिन बागलुङ आएका हुन् ।

भैरहवा र कपिलवस्तुको नाकामा जेठ ८ गतेसम्म क्‍वारेन्टाइन बसेपछि सोही दिन उनीहरूलाई बस रिजर्भ गरेर बागलुङ पठाइएको थियो । उक्त बसबाट ३९ जना बागलुङ प्रवेश गरेका थिए ।

KFC Island Ad
NIC Asia

तीमध्ये तमानखोला गाउँपालिकामा आठजना प्रवेश गरे । तीमध्ये चारजनाको रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट आएका चारजना वडा ३ को धनगौज्योति माविको क्‍वारेन्टाइनमा थिए । बाँकी चारजनाको भने नेगेटिभ आयो । अझै १० जना गाउँपालिकाको क्‍वारेन्टाइनमा छन् । उनीहरूको पनि रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका प्रशासकीय अधिकृत प्रभात लामिछानेले जानकारी दिए । 

यता, संक्रमण भेटिएका बडिगाड गाउँपालिकाका दुईजना भने त्रिभुवन माविको क्‍वारेन्टाइनमा बसेका थिए । उनीहरू पनि सोही दिन जेठ ८ गते नै बागलुङ आएका हुन् । गाउँपालिकाका प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले आठजनाको स्वाब परीक्षण गर्दा दुईजनामा पोजेटिभ भेटिएको जानकारी दिए ।

“खर्वाङको त्रिभुवन माविमा क्‍वारेन्टाइनमा राखेका हौँ । सबैको स्वाब टेस्ट गरेका छैनौँ । ८ जनाको मात्र स्वाब लिइएको हो,” उनले भने ।

कोरोनामुक्त बनेको एक महिनामै बागलुङमा एकैपटक ६ जनामा संक्रमण

यस्तै, अन्य धेरैको स्वाब टेस्ट गर्नुपर्ने तर भीटीएम उपकरण अभाव भएको उनले जानकारी दिए । “बडिगाडमा अहिले २०० जना क्‍वारेन्टाइनमा छन्, अझै १०० जना आउने भनेका छन् । विद्यालयहरू भरिएका छन् । अझै धेरै बाँकी छन् । भीटीएम मेसिन पनि छैन । जनताहरू बोर्डरमा आएर रुन्छन्, नल्याए हिँडेर पनि आउँछन् । उता फर्कन सम्भव छैन । हामीले यता ल्याएर घेराबन्दीमा राखे सुरक्षा त होला, नत्र गाउँगाउँ पसेर आउँदा झन् खतरा छ,” उनी भन्छन्, “चार ठाउँमा २०० बेडको क्‍वारेन्टाइन बनाएका छौँ । बेड भरिएका छन्, अझै डेढ/दुई सय आउँछन्, आए भने भीमगिठेको विद्यालयलाई क्‍वारेन्टाइन बनाउनुपर्ला नभए लेकतिरका स्कुलमा लग्नुपर्ला । अरू उपाय पनि छैन । खाना बनाउने मान्छे पनि भर्ना गरेका छौँ, गाउँलेहरूले खाना दिने, खाजा दिने, पकाउने ख्वाउने गरेका छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro