site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झुलभित्रका मजदुरको कथा : राहतको खानाले पाँच वर्षकी नानीलाई रातभर पखाला लाग्यो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । मानवसेवा आश्रमको दैला अगाडि एउटा प्रतीक्षालय छ । प्रतीक्षालयमा अचेल सवारी कुर्ने मान्छे छैनन्, लकडाउन खुलेपछि जीवनलाई पहिले जस्तै गति दिन पाउँ भनी कामना गरेका प्रतीक्षार्थी छन् । ती प्रतीक्षार्थी मजदुर हुन्, लकडाउनका कारण काम खोसिएपछि घरबेटीले जे सुकै गर भनेर निकालिदिएका मजबुर हुन् ।

पोखरा महानगरको वडा नं. ११ शान्तिघाट स्थित प्रतीक्षालयमा पुग्दा तीनजनाको परिवार एउटा झुलभित्र बसिरहेको थियो । यो परिवार प्रतीक्षालयमा झुल टाँगेर अस्थायी बसोबास गर्न थालेको झन्डै तीन हप्ता पुग्न लागिसकेको छ । जो, चितवनबाट पर्वतलाई गन्तव्य बनाएर यात्रा थाल्यो र अहिले शान्तिघाटको प्रतीक्षालयमा न घरको न वनको भएर रात कटाइरहेको छ ।

न गन्तव्यमा पुगे, न काम नै गर्न पाए । ओइलाएर बसेको उक्त परिवारका घरमुलीले सन्तोष मानन्धरले छोरीलाई साथमा राखेर आफ्नो व्यथा सुनाउन थाले । पाँच वर्षकी उनकी छोरी हुन्, बिना मानन्धर ।

KFC Island Ad
NIC Asia

“हिजोको कुरा हो, खाने सामल थिएन, गाडीले प्याकेटको खाना ल्याइदियो नानी भोकाएकी थिई । उसले खाई, खाना खाएपछि रातभर पखाला चलेर सुत्न पनि सकिन, । भात त बिग्रेको पो परेछ । हामीले सुरुमा त डिक्कीमा राखेको भएर गन्हाएको होला भन्ने सोच्यौँ, तर भातमा पानी चढेको थियो । छेउमा लगेर कुकुरलाई खान दियौँ उसले पनि खाए ।” मानन्धर दम्पतीले एकसाथ भने । प्रतीक्षालयको छेउमा उनले कुकुरलाई दिएको र कुकुरले पनि नखाएको खाना देखाए । 

उनीहरूले हिजो बेलुकाको खाना खाएनन् । दैला अगाडिको मानव सेवा आश्रमले बिहानको खाना दिएपछि नै उनीहरूले भोक मारे । साँझमा खाना बोकेर गाडी आयो भने, “बरु खाना नै नल्याइदिनु” भन्ने सोच बनाएको उनले बताए ।

यसरी प्रतीक्षालयमा प्याकेटको खाना खान लागेको दुई हप्ता बितिसकेको छ । चितवनबाट वैशाखै सक्रान्तिको साँझ खाना खाएपछि यो परिवारले पर्वतको बाटो नापेको हो । पहिलो दिन नै उनीहरू आँपटारी आएर बसे ।

भोलिपल्टको उज्यालो सँगै फेरि यात्रालाई अगाडि बढाएका मानन्धर परिवार नौ दिनपछि साँझमा यस प्रतीक्षालयमा आइपुगेका थिए ।

“हिँडेरै आयौँ, खुट्टा सुनिएका थिए । सामानको भारी र बच्चा बोकेर यहाँ आएको आज २० दिन पुग्न लागिसक्यो ।” उनले थपे, “आधा बोरा चामल थियो, दिनमा ५÷६ किलोमिर हिँड्थ्यौँ, अनि प्रतीक्षालय खोजेर बास बस्थ्यौँ । कहिँ खाना दिन्थेँ, कहिँ पकाएर खान्थ्यौँ ।”

कोरोना महामारीका कारण उनले काम गरेको रेष्टुरेन्ट बन्द भयो । लेबर काम गर्ने उनकी पत्नी निर्मलाले पनि काम पाइनन् ।

काम मात्र होइन्, उनीहरूले आफूले गरेको श्रमको मूल्य पनि पाएनन् । चितवनको खोलेसिमलमा बहाल गरेर बस्ने यो परिवारलाई घरबेटीले पनि पाँच दिनको म्याद दिएर भने, “बरु भाडा चाहिँदैन, तर कोठा खाली गर ।”

अर्काको घरमा बसेका, न कोही चिनेका न कोही आफन्छ ।

कोठामा भएका सामल र लत्ता बोकेर हिँडेका मानन्धर आफ्नो जन्मथलो पर्वत भएको सुनाए । तर, यकिनका साथ उनले आफ्नो जन्मथलो भने भन्न सकेनन् । 

“उपल्लो मल्लाज भन्ने ठाउँमा हो, म सात वर्षकै उमेरमा साथीसँग भागेर काठमाडौँ गएको थिएँ । त्यहाँ १३ वर्षसम्म विदेशीले पढाइदिए । त्यसपछि उनीहरूले छाडे, म अलपत्र भएँ । बाँच्न र खानका लागि काम गर्न थालियो । त्यसपछि म कामकै सिलसिलामा चितवन थिएँ । बिहेबारी पनि ८ वर्ष पहिलेमात्रै भएको हो ।”

अहिले ३६ वर्ष पुगेका मानन्धर पुख्र्यौली थलो जाने र काकाकाकी भेट्ने सोचमा छन् । उनका बाबुको चाहिँ अस्वस्थ मानसिक अवस्थाका कारण निधन भइसक्यो । बाबुको निधनपछि आमाले पनि अर्को बिहे गरिन् । अहिले आमासँग पनि सम्पर्क छैन, न त बाबुतर्फका आफन्तसँग ।

त्यहाँ पुगेर आफन्तको नाल भेट्ने अनि नागरिकता बनाउने योजना रहेको उनले सुनाए । तर, आफन्त कहाँ छन्, को हुन्, न उनले आफन्त चिन्छन्, न आफन्तले उनलाई २७ वर्षयता सम्पर्कविहीन उनी अहिले पुर्खा खोज्दै घर फर्किन चाहेका छन् । 

“एकमहिना काम गरेपछि अलिअलि पैसा कमाएर मामा, काका कहाँ छन्, बुवाको घर कहाँ छ खोजतलास गरेर आफैँ लड्नुपर्ला  । आमा अरुसँगै गए तापनि मैले त मेरो बुवाको अंश पाउनुप¥यो । दाजुभाइ को हो चिन्नुप¥यो । अनि थोरै भए पनि भाग दियो भने सानो दोकान गरौँला, सानो घरै बनाउँला, छोरी र बुढीको लागि भविष्य बन्ला भन्ने सोचेको छु ।” उनी आफ्नो योजना सुनाए ।

तर, लकडाउन खुल्दाबित्तिकै सुरुमा केही समय मजदुरी गर्ने र अलिकति खर्च जोगाएर पर्वत जाने सोच छ उनको ।

उनले परिवारलाई आश्वास दिलाएका छन्, “उता जाउँ भने नि भारी छ, बच्चा छन् । अब लकडाउन खुलेपछि केही काम गरेर अलिअलि पैसा कमाउँला । अनि तिमीहरूलाई कोठामा राखेर म चाहिँ उकालो भएनि जे भएनि दुई तीन दिन जाउँला भनेर भनेको छु ।” 

छोरीलाई ज्ञानी मान्छे बनाउने, असल मान्छे बनाउने सपनालाई पुरा गर्न र पिताको कर्तव्य निभाउन हिँडेका मानन्धरको गतिमा अहिले अल्पविराम लागेको छ ।

उनका आफन्त यहीँ पोखरामा पनि थिए । “शितलादेवी” उनले ठाउँको ना सम्झिँदै भने । “ममि पहिले यहाँ शितलादेवी बस्नुहुन्थ्यो । मेरो नागरिकता पनि छैन । अब नागरिकता पनि बनाउनुप¥यो । बच्चाको भविष्य पनि हेर्नुप¥यो । म अस्ति खोज्न गएको । बसेको ठाउँ शितलादेवी गएको । अहिले त नयाँ घर बनेछन्, त्यहाँ सोधेको हामीलाई थाहा छैन्, कहाँ बस्छ के गर्छ थाहा छैन भनिदिए ।”

प्रतीक्षालयमा बसेको मानन्धर दम्पत्तिलाई अहिले विभिन्न सामाजिक संघसंस्था र स्थानीय पोखरा महानगरले पनि सहयोग गरिरहेको छ । खाद्य प्याकेट दिइए तापनि बिग्रेको खाना भने नदिइएको महानगरले जनाएको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीले “वडावडाले संयोजन गरेर खाना खुवाइएको छ । बासी भएर त्यस्तो भयो कि तेल बढि भयो कि ? तरकारी चिसो पर्‍यो कि यो त अनुसन्धानको विषय भयो ।”

सम्बन्धित वडा नं. ११ ले भने मानव सेवा आश्रमबाट नै खाना खुवाइएको जानकारी दियो । प्रतीक्षालयको पारिपट्टि रहेको वडा नं. ९ को मेसले पनि आफूहरूले प्याकेटमा खाद्यान्न वितरण नगरेको जनाएको छ ।
यता, मानन्धर दम्पत्तिको लागि कोठा व्यवस्थापन भइसकेको र लकडाउन पछि कामको पनि व्यवस्था हुने अनेरास्ववियुका नेता प्रकाश पौडेलले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro