site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद थापाविरुद्ध संसदीय दल र प्रदेश कमिटीमा उजुरी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । जातीय विभेदको आरोपमा पक्राउ परेका नेकपाका कार्यकर्तालाई छुटाउन बहालवाला प्रदेश सांसद कृष्णबहादुर थापाले जारी गरेको विज्ञप्ती एकपक्षीय भएको भन्दै उनीविरुद्ध संसदीय दलमा कारवाहीको मागसहित उजुरी परेको छ । नेकपा गण्डकी प्रदेश कमिटीमा पनि उजुरी परेको छ ।

२२ गते कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. १६ का राम जिसी र जनक थापालाई जातीय विभेद तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत किटानी जाहेरीका आधारमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सोही वडाका मोहन सुनारले गएको १८ गते किटानी जाहेरी दिएका थिए ।

उनीहरुलाई प्रहरीले षड्यन्त्रपूर्वक पक्राउ गरेको हुँदा बिनाशर्त रिहाइको मागसहित नेकपा कास्की अध्यक्ष समेत रहेका थापाले बुधबार विज्ञप्ती जारी गरेका थिए । जिसी नेकपा वडा नं. १६ का सचिवालय सदस्य समेत हुन् ।

KFC Island Ad
NIC Asia

कास्की २ (क) का सांसद थापा पनि वडा नं. १६ कै स्थायी बासिन्दा हुन् ।

सांसद थापाले गत बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, “षड्यन्त्रपूर्वक प्रहरीले हिरासतमा लिएका नेकपा वडा नं. १६ सचिवलाय सदस्य रामबहादुर जिसी र जनक थापालाई बिनाशर्त रिहाइको माग गर्दछु ।”
यस्तै, उनले कार्यकर्ता माथि परेको जाहेरीलाई अप्रत्यक्ष रुपमा उच्छृंखल तत्वहरुले जातीय अतिवाद प्रोत्साहन गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

“जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातीवादी नेता कार्यकर्ताहरुको षड्यन्त्रले सदियौँ देखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको हुँदा सम्पूर्णमा सावधानीपूर्वक अगाडि बढ्न अनुरोध गर्दछु,” विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जाहेरीमा थापा र जिसीसँगै अर्का देवबहादुर थापा विरुद्ध पनि परेको थियो । तर, हालसम्म पनि देव भने पक्राउ परेका छैनन् । उनको खोजी कार्य भइरहेको र पक्राउ परेकाउपर म्याद थप गरि अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

यता, सांसदको उक्त विज्ञप्तीको भत्र्सना गर्दै नेकपा निकट दलित संगठनले सांसद थापालाई कारबाहीको मागसहित शुक्रबार उजुरी दिएका हुन् । 

नेकपाको प्रदेश समिति, कास्की जिल्ला समितिमा रहेका दलित नेता, दलित मुक्ति मोर्चा र उत्पीडित जातीय मुक्ति समाजका सचिवालय सदस्य र दलित जनप्रतिनिधिले पार्टी कार्यालयमा उजुरी बुझाएका हुन् ।

उजुरीमा सांसदको लेटरप्याड दुरुपयोग गरिएको, विभेदका आरोपमा पक्राउ परेकालाई निशर्त रिहाइको माग गरेको, दलित अधिकारकर्मीलाई उच्छृंखल तत्व भनिएकोमा खेद प्रकट समेत गरिएको छ ।

यस्तै, सांसद थापालाई पार्टीको अन्तरिम विधान–२०७५ को धारा ५६ अनुसार कारबाही गर्न माग गरिएको छ । उक्त धारा अनुसार जातीय विभेदमा संलग्न हुने र प्रश्रय दिने नेता कार्यकर्तालाई अवस्था हेरेर आत्मालोचनादेखि पार्टी सदस्यबाट निस्कासन गर्नेसम्मको व्यवस्था छ ।

उनीहरुको विज्ञप्ती प्रदेश कमिटीका सचिव तथा संसदीय दल नेकपाका नेता तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकारसमेत रहेका गोविन्दबहादुर नेपालीले उजुरी बुझेका छन् ।

कार्यालय सदस्यको बैठक बस्ने भन्ने छ

उजुरी परेको प्रक्रियाका लागि तत्काल प्रदेश कमिटीको बैठक बस्नेबारेमा केही निर्णय भने नभएको उनले बताए । तर, ९ सदस्यीय कार्यालय सदस्यको बैठक भने छिट्टै बस्ने उनले जानकारी दिए ।

“उजुरी मैले बुझेको छु, पार्टी अध्यक्ष गोरखा हुनुहुन्छ, इञ्चार्ज काठमाण्डौ हुनुहुन्छ । अब कारवाहीको उजुरी परेको छ, अनुकुल मिलाएर हामीले आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ । ९ सदस्यीय कार्यालय सदस्य भन्ने छ । ६३ जनाको सचिवालय छ । कार्यालय सदस्यको बैठक बोलाउने कि भन्ने छ, अध्यक्ष, इञ्चार्ज, सहइञ्चार्जसँग सल्लाह हुँदैछ,” उनले भने ।

सांसद थापा भन्छन्, ‘उजुरी परेको मलाई थाहा छैन, अदालतले फैसला गर्ला’
उजुरी परेको र विज्ञप्तीमाथि सांसद कृष्ण बहादुर थापालाई सम्पर्क गर्दा उनले आफूले कसैलाई नहोच्याएको र त्यस्तो मनसाय नरहेको बताए । यस्तै, उजुरी परेको बारे आफू अनभिज्ञ समेत रहेको उनले बताए ।
उनले विज्ञप्ती पढ्न आग्रह गरे र भने, “विज्ञप्तीमा नेपालको संविधान नमानेको, कुनै समुदायलाई होच्याएको केही छ ? मेरो टोलका जनताहरुलाई प्रहरीले लखेटेर चुटिरहँदा एक सभाषदको नाताले प्रहरी ज्यादतीको विरुद्धमा मैले विज्ञप्ती निकालेको हुँ ।”

तर, उजुरी दिने पनि तपाईंकै टोलका जनता हुन नि त ?
होइन उजुरी अब कोकोले, कहाँ दिनुभयो होला । मेरो विज्ञप्तीको मनसाय कुनै पनि समुदायप्रति द्वेष घृणा फैलाउने होइन, नेपालको संविधानको मर्म अनुसार सबै जनतालाई सामाजिक न्याय दिनुपर्छ, र यसमा हामी चाहिँ लाग्नुपर्छ भन्ने मेरो मान्यता हो र मैले त्यो माग पनि गरेको छु ।

जातीय विभेदको आरोपमा जाहेरी दिएर पक्राउ परेकाहरुलाई तपाईले षड्यन्त्रपूर्वक पक्राउ गरेको भनेर किन भन्नुभयो ?
षड्यन्त्रपूर्वक पक्राउ परेको हो भने मान्छेलाई षड्यन्त्रपूर्वक पक्राउ गर्न हुँदैन, उनीहरु चाहिँ रिहाई हुनुपर्छ, बिनाशर्त । षड्यन्त्र हो कि होइन ? के हो ? त्यो कुरा त भोलि अदातलमा मुद्धा छ, त्यसले फैसला गर्ला । त्यसको फैसला हामी सबैले मान्नुपर्ला ।

दलमा पनि उजुरी परेको छ भनिन्छ नि ?
मलाई थाहा छैन्, उजुरी परेको । मलाई कुनै औपचारिक जानकारी छैन् । यसबारेमा नेकपा संसदीय दलमा बुझ्न खोज्दा सम्पर्क भने हुन सकेन ।

छुवाछूतको आरोपमा पक्राउ परेका कार्यकर्ता छुटाउन नेकपाका सांसदको विज्ञप्ति

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro