site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छुवाछूतको आरोपमा पक्राउ परेका कार्यकर्ता छुटाउन नेकपाका सांसदको विज्ञप्ति
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । जातीय विभेद तथा छुवाछूत मुद्दामा परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता छुटाउन बहालवाला प्रदेश सांसदले विज्ञप्ति नै जारी गरेका छन् । कास्की प्रहरीले गत सोमबार पोखरा महानगरपालिका वडा नं १६ का राम जिसी र जनक थापालाई जातीय विभेद तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत किटानी जाहेरीका आधारमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सोही वडाका मोहन सुनारले गएको १८ गते किटानी जाहेरी दिएका थिए ।

जाहेरीमा थापा र जिसीसँगै अर्का देवबहादुर थापा विरुद्ध पनि परेको थियो । तर, हालसम्म पनि देव भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको र घटनाको अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

यता जातीय विभेद गरेको किटानी जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिलाई छुटाउन नेकपा कास्कीका अध्यक्ष तथा प्रदेश सांसद कृष्णबहादुर थापाले विज्ञप्ति नै जारी गरेका छन् । कास्की २ (क) का सांसद थापा पनि वडा नं १६ कै स्थायी बासिन्दा हुन् ।

KFC Island Ad
NIC Asia

सांसद थापाले बुधबार विज्ञप्ति जारी गर्दै प्रहरीले षड्यन्त्रपूर्वक हिरासतमा लिएको आरोप समेत लगाएका छन् भने निशर्त रिहाइको माग समेत गरेका छन ।

विज्ञप्तिमा भनिएको छ, “षड्यन्त्रपूर्वक प्रहरीले हिरासतमा लिएका नेकपा वडा नं १६ सचिवालय सदस्य रामबहादुर जिसी र जनक थापालाई विनासर्त रिहाइको माग गर्दछु ।”

यस्तै, उनले कार्यकर्ता माथि परेको जाहेरीलाई अप्रत्यक्ष रुपमा उच्छृंखल तत्त्वहरुले जातीय अतिवाद प्रोत्साहन गर्न खोजेको आरोप समेत लगाएका छन् ।

“जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातीवादी नेता कार्यकर्ताहरुको षड्यन्त्रले सदियौँदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको हुँदा सम्पूर्णमा सावधानीपूर्वक अगाडि बढ्न अनुरोध गर्दछु ।” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पक्राउ परेपछि रिहाइको माग गर्दै बाटुलेचौरका स्थानीयले बुधबार जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए । उक्त भीड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज नै गर्नुपरेको थियो भने पाँच जना पक्राउ समेत परेका थिए ।

उक्त घटनाकै दिन सांसदले विज्ञप्ति जारी गरेका हुन् ।

यता, कास्की प्रहरीले भने सांसदको विज्ञप्तिबारे आफू जानकार नभएको र विज्ञप्तिबारे सांसद नै जानकार भएको जवाफ दिएको छ । “उहाँको विज्ञप्ति हो कि होइन कि, उहाँले भनेको हो कि होइन कि उतै सोध्नुहोस् ।
विज्ञप्ति हामीले अनौपचारिक रुपमा पाएका छौँ, यो उहाँको कुरा भयो, हामीले अनुसन्धान गरिरहेका छौँ ।” प्रहरी प्रमुख कार्कीले भने ।

किटानी जाहेरी दिने मोहनका भाई समरबहादुरको गत चैत २३ मा दुवईमा निधन भयो । लकडाउनका कारण उनको शव नेपाल आएन । शव नआए तापनि समरका कान्छा छोरा मनोज किरिया बस्ने भए । किरिया बस्नका लागि सुनार परिवारले सोही वडामा रहेको सार्वजनिक किरियापुत्री भवनको ताला माग्यो । ताला माग्दा जातकै कारणले भवन प्रयोग गर्न नदिएको भन्दै उजुरी परेको थियो ।

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

दलित पत्रकार संघको ध्यानाकर्षण

सांसदको विज्ञप्तिप्रति राष्ट्रिय दलित पत्रकार संघ, गण्डकीले ध्यानाकर्षण जनाएको छ । संघका अध्यक्ष रेम विकले ध्यानाकर्षण भएको जनाउँदै जातीय विभेद गर्नेको पक्षपोषण नगर्न सुझाव दिएका छन् । “तपाईं दलित समुदायको पनि नेता हो। तपाईलाई जिताउन त्यही विभेदमा परेको दलित समुदायले पनि मत हालेका होलान् ।

विभेदमा परेका दलित समुदायका क्रियापुत्रीलाई नै दोष देखाउने गरी तपाईंले जारी गरेको विज्ञप्तिले छर्लङ्गै देखाउँछ कि तपाईं दलित समुदायप्रति कतिसम्म बायस् हुनुहुन्छ, भन्ने,” उनले भनेका छन्, “हो, सामाजिक सद्भाव कायम हुनुपर्छ। तर सामाजिक सद्भावको नाममा दलित समुदायले विभेद सहेर बस्नुपर्छ भन्ने कदापि छैन। दलितलाई जातकै आधारमा विभेद गर्नेलाई कारबाही हुनैपर्छ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro