site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति : ५१ तोला सुन, नौ भेँडा, सात बाख्रा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । अन्ततः प्रदेश सरकार गठनको २ वर्षपछि बल्ल गण्डकीका मुुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रदेशको सार्वजनिक लेखा समितिले २-२ पटकसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न माग समेत गरेको थियो ।

समितिको निर्देशन र बारम्बार सञ्चामाध्यमको प्रश्नपछि बुधबार सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सामाजिक विकासमन्त्री नरदेवी पुनमगर बाहेक ६ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको विवरण अनुसार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग ५१ तोला सुन छ भने ९० तोला चाँदी छ । सम्पत्ति विवरणमा उनले यसको स्रोत दाइजो, खरिद, पेवा र उपहारबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

KFC Island Ad
NIC Asia

उनको लमजुङको खिलुङ ९ कित्ता नं २८१ मा २०४५ सालमा किनेको घर सहितको जग्गा छ । आशकुमारी गुरुङको नाममा खिलुङमा नै २५९ कित्ता नं. मा एकतले २ वटा घर छन् । यस्तै, आशकुमारीकै नाममा खिलुङ ८ र ९ मा नै, ३६४, १४७, १५१, १८२, २१९ र १५९ कित्ता नं. मा २९ रोपनी १४ आना ३ पैसा ३ दाम जग्गा छ । यो जग्गा अंशबन्डाबाट प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ । पृथ्वीसुब्बा गुरुङको नाममा खिलुङ ८ मा १३२, २७६, ३३८ र ४८७ कित्ता नं. मा १० रोपनी ३ आना २ दाम अंशबण्डाबाट पाएको उल्लेख छ ।

मुख्यमन्त्रीको व्यक्तिगत खातामा १६ लाख ५० हजार रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरिएको छ । पोखरा शाखा रहेका एभरेष्ट बैंकमा १५ लाख ५० हजार रुपैयाँ र सिभिल बैंकमा १ लाख रुपैयाँ मुख्यमन्त्रीको नाममा नगद छ ।

उनका छोरा विज्ञान गुरुङको नाममा लक्ष्मी बैंकमा १० लाख रुपैयाँ छ भने नबिलमा ६० लाख रुपैयाँ नगद छ । यसको स्रोत पारिश्रमिक भनेर उल्लेख गरिएको छ । क्होँलासोथर गाउँपालिकाको उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री पत्नी कुमारीमुनि गुरुङको नाममा सिभिल बैंकमा ३ लाख ५० हजार रुपैयाँ नगद छ । यस्तै, कुमारीकै नाममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा पाँच लाख रुपैयाँ बैंक मौज्दात छ । 

राष्ट्रिय वाणिज्य बैंक जावलाखेलमा २ लाख रुपैयाँ पनि कुमारीकै नाममा छ । यो रकमको स्रोत पारिश्रमिक भनेर उल्लेख गरिएको छ ।

मुख्यमन्त्रीका छोरा विज्ञान पेशाले पाइलट हुन । उनको नाममा पिपुल्स हाइड्रो कम्पनीमा शेयर १५ हजार कित्ता शेयर छ । यो रकम जग्गा बेचेर प्राप्त भएको जनाइएको छ । यस्तै, सवारीको हकमा छोरी इश्वरी गुरुङको नाममा स्कुटर १ लाख २० हजार रुपैयाँ मूल्यको, विज्ञान गुरुङको मोटरसाईकल ५ लाख रुपैयाँ पारिश्रमिकबाट, माउण्टेन बाइक पनि छ ।

मुख्यमन्त्रीले सम्पत्ति विवरणमा भेँडीगोठमा रहेका नौ वटा भेँडा र सातवटा बाख्रा पनि समावेश गरेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro