site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 पोखरा विमानस्थलमा कोरोनाको असर– बम पड्किँदा, जमिन थर्कियो, घर चर्कियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गति सुस्तिएको छ । यसको कारण विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरस नै हो । यो विमानस्थलमा सुरुदेखि नै चिनियाँ कामदार खटिएका छन् । हाल पनि करिब २०० को हाराहारीमा चिनियाँ र बाँकी २५० नेपाली कामदारहरुले विमानस्थललाई पूर्णता दिन खटिएका छन् ।

तर, पछिल्लोपटक चीनबाटै फैलिएको कोरोना भाइरसको प्रभाव विमानस्थलमा पनि देखिएको छ । कोरोनाको प्रभावचाहिँ त्यहाँ कार्यरत कामदारमा नभइ विमानस्थललाई चाहिने सामाग्रीमा देखिएको छ ।

विमानस्थलको लागि कतिपय सामाग्रीहरु चीनबाटै ल्याउनुपर्ने हुन्छ । चीनबाट सामान पनि सडक र समुद्री मार्ग हुँदै आउँछन् । तर, कोरोना महामारी कारण कतिपय सामान चीनबाट हिँडेका छैनन् ।  

KFC Island Ad
NIC Asia

चिनियाँ ठेकदार कम्पनी सीएएमसीइका जनसम्पर्क अधिकारी कृष्ण चापागाईँ भन्छन्, “विमानस्थलमा कामचाहिँ स्लो भएको छ । हाम्रो मेटरियलहरु चाइनाबाट नै आउने हो नि त । मेनपावर पनि चाइनबाट आउने हो । केरुङ तिर सबै बन्द छन् । समुद्री मार्गबाट कोलकत्ता हुँदै आउने हुन् । बाइरोड हामीले हेभी मेटल मगाउँछौँ ।

अनि छिटो चाहिने सामानहरु पनि हामीले सडकमार्ग बाटै मगाउँछौँ । समुद्री मार्गबाट आउँदा चाहिँ २–३ महिना लाग्छ ।”

१०७ कामदार क्वारेन्टाइनमा
फेब्रुअरीयता काममा फर्किएका १०७ चिनियाँ कामदारलाई विमानस्थलले १४ दिने क्वारेन्टाइनमा राखेको छ । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोजनाको नियम र मेडिकल टर्मअनुसार नै क्वारेन्टाइनमा राखिएको प्रष्टोक्ति आयोजनाले दिएको छ । 

उनीहरु काममा फर्किँदा चीनबाटै कोरोना संक्रमण नभएको सर्टिफिकेट लिएर आएका थिए । तर, पनि विमानस्थलले क्वारेन्टाइनमा राखेको हो ।

चिनियाँ ठेकदार कम्पनी सीएएमसीइका जनसम्पर्क अधिकारी कृष्ण चापागाई भन्छन्, “चीनबाट नेपाल आउने बित्तिकै हाम्रो नियम र मेडिकल टर्म अनुसार उनीहरुलाई १४ दिन क्वारेटाइनमा राख्ने आइसोलेसनमा राख्ने त्यही हो । जति पनि चीनबाट आउँछन्, हामीले त्यही गरेका हौँ ।”

यस्तै, आयोजनाले सबै चिनियाँ कामदार कोरोना भाइरस संक्रमणमुक्त रहेको जनाएको छ । 

विमानस्थल आयोजनासँग जोडेर कोरोना भाइरसबारे भ्रामक प्रचार भएको भन्दै आयोजनाले आपत्ति पनि जनाएको छ । 

विश्व स्वास्थ्य संगठन र जिल्ला प्रशासन कार्यालय कास्कीलगायतका निकायसँग निरन्तर सम्पर्क गरि उच्च सतर्कता अपनाइएको आयोजनाले जनाएको छ । भ्रामक सूचनाको पछि नलाग्न समेत विमानस्थल आयोजनाले आग्रह गरेको छ ।

बम पड्किँदा जमिन थर्कियो, घर चर्कियो

तर, पनि विमानस्थलको काम भने रोकिएको छैन । निर्धारित लक्ष्यमै काम सक्न विमानस्थलमा डोजर चलेकै छन् । आयोजनाले बम पनि प्रयोग गर्न थालेको छ । डोजरले नसकेपछि बम प्रयोग गरेको तर्क विमानस्थलको छ । स्थानीयहरुले भने बम पड्किँदा घर थर्किएको बताएका छन् ।

स्थानीयका अनुसार १५० जति घर चर्किएका पनि छन् ।

विमानस्थल आयोजनाले जिल्ला प्रशासन कार्यालय कास्की र विमानस्थल निर्माण भई रहेको वडा, पोखरा महानगरपालिका वडा नम्बर १४ बाट अनुमति लिएर बम प्रयोग गरेको बताउँदै आएको छ ।

विमानस्थल क्षेत्र पर्ने वडा नं. १४ का बासिन्दा भने बमकै कारण घरको संरचना हल्लिएको गुनासो गरेका छन् । 

प्रत्यक्ष रुपमा १ सय ५० बढी घरधुरि मर्कामा परे पनि अप्रत्यक्ष रुपमा ५ सय बढी घरधुरि बम विस्फोट गराउँदा मर्कामा पर्ने गरेको उनीहरुको गुनासो छ । 

हवेली मार्गकी हिरा थापा भन्छिन्, “बम पड्काउन रोक्नुस् बरु डोजर लगाइ दिनुस्,” उनले भनिन्, “घरमा बालबच्चा बुढाबुढीहरु हुन्छन् । बम पड्केर घरै हल्लिदा यता जाने कि उता जोन हुन्छ । यसरी डराएर कसरी बाँच्नु ?”

मान्द्रे ढुंगाकी बिनु गुरुङको आक्रोश पनि उस्तै छ, “जनतालाई यसरी दुख दिएर के पाउँनुहुन्छ ? साह्रै अन्याय भयो । भुकम्पलेभन्दा बढी बम पड्केर घर चर्किएका छन् ।”

यस विषयमा विमानस्थल आयोजनासँग कुरा गरेतापनि आयोजनाले भने टार्दै आइरहेको त्यहाँका स्थानीय गुनासो गर्दछ । 

मान्दे्रढुंगा टोल विकास समितिको निर्वतमान अध्यक्ष मोहनराज गिरीले आफूहरुलाई बेवास्ता गरे अदालत जाने चेतावनी दिए ।

गएको जेठदेखि विस्फोट गराउँदै आए पनि बीचमा केही समय स्थानीयको विरोधका कारण रोकिएको उनले सुनाए । 

यसबारेमा जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिइएको उनले बताए ।

विमानस्थल आयोजनाले जनतालाई तहसनहस गर्ने काम गरेको भन्दै सरोकारवाला निकायले पनि खासै सुनुवाई नगरेको उनको आरोप छ । 

सानोतिनो क्र्याक हो : विमानस्थल आयोजना 

विमानस्थलले भने स्थानीयको आरोपलाई स्वीकार्दैन । 

विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मी क्षति भए आफूहरुले क्षतिपुर्ति पनि दिने तर घर चर्केको कुरा सत्य नभएको बताउँछन् । 

“प्लास्टर गरेको उप्किएको मात्र हो, क्षति होइन,” उनले थपे, “डेलिकेसन आउँदा यस्तो क्षति भयो भनेर भन्नु भएको थियो । पहिलाको प्लास्टर उप्किएको मात्र देखाउनु भयो । बालुवा, सिमेन्ट राम्रोसँग नघुले प्लास्टर उप्किहाल्छ । केहि भइहाल्यो भने त्यसको क्षतिपुर्ति दिन्छौं ।” 

ब्लास्ट गर्नुपरेमा एक चोटी ब्लास्ट गरे पुग्नेमा तीन–चार चोटी लगाएर बिस्फोट गराउने उनले सुनाए । 

यसो गर्दा जमिन कम हल्लिने उनले सुनाए । डोजर लगाएर काम गर्दा कडा माटो परेको हुनाले पनि बम बिस्फोट गराउनु परेको उनको भनाइ छ ।

२०२१ को जुलाइबाट अन्तराष्ट्रिय उडान पोखरा बिमानस्थलबाट पनि गर्ने योजनामा नागरिक उड्ययन प्राधिकरण रहेको छ । 

२२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्ड अनुरुपको हुनेछ । 

नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो । 

१८० सिट क्षमताको जहाज पोखरामा अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन् । 

अहिलेसम्म ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro