site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैफियत भेटिएका योजनाको विवरण चैत मसान्तभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । प्रदेशको कृषि मन्त्रालयअन्तर्गत गत आर्थिक वर्षमा सञ्चालित दर्जनौँ कार्यक्रमका विवरणहरू उपलब्ध सार्वजनिक लेखा समितिले मागेको छ । प्रदेशभित्रका सबै जिल्लाका कृषि ज्ञानकेन्द्र तथा विज्ञकेन्द्रका पदाधिकारीहरू सहित भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख र मन्त्री उपस्थित लेखा समितिको बैठकले आशंका गरेका कैयन्, योजनाहरूको फाइल मगाएर थप अध्ययन गर्ने भएको हो ।

१५ सदस्यीय सार्वजनिक लेखा समितिका पदाधिकारीहरूको टोली चार क्लस्टर बनाएर मन्त्रालयका योजनाहरूको स्थलगत रुपमा अध्ययन गर्न गएका थिए । सोही टोलीहरूको प्रतिवेदनले विभिन्न जिल्लाका कैयौँ योजनाहरूमा थुप्रै कैफियत भेटाएको छ । सोही विषयमा समितिले बिहिबार मन्त्री समेत बोलाएर जवाफ पनि माग गरेको हो ।

KFC Island Ad
NIC Asia

समितिको पर्वत, स्याङजा र कास्की अनुगमन गर्ने टोलीले पर्वतको कुश्मा नगरपालिका ११ मा सञ्चालित अलैँची खेतीमा दिएको अनुदान, कास्कीको पोखरा महानगरपालिका २१ क्रिस्टीको बाख्रापालन योजना, स्याङजा भिरकोटको बाख्रापालन र ७ को कागती खेती लगायतका योजनाको फाइल झिकाएर थप अध्ययन गर्नुपर्ने प्रतिवेदन बुझाएको छ । सांसद मेखलाल श्रेष्ठ सहित जुनादेवी नेपाली पनि अनुगमनमा गएकी थिइन् । टोलीले कृषि कार्यक्रममा अनुदान दिँदा उत्पादनमा नै अनुदान दिनुपर्ने सुझाव समेत दिएको छ ।

यस्तै, गोरखामा बन्द भएका योजनामा पनि मन्त्रालयले अनुदान दिएको प्रतिवेदन सांसदहरूले लेखा समितिमा बुझाएका छन् । गोरखा नगरपालिका १० छेवेटारको सिलवाल फ्रेस हाउसलाई प्रदेश सरकारले एक लाख २५ हजार रुपैयाँ अनुदान दिएको थियो । त्यसमध्ये ६९ हजार एक सय ३४ रुपैयाँ भने भुक्तानी भएको छ । तर, अहिले भने उक्त फ्रेस हाउस बन्द छ । “फ्रेस हाउस खोल्दाको समयमा लागेको ऋण तिर्न नसक्दा हाल बन्द अवस्थमा रहेको र पछि रकमको जोरजाम गरि पुन सञ्चालन गर्ने” भनेर फ्रेस हाउसका प्रोपाइटरले बताएको कुरा प्रतिवेदनमा लेखिएको छ । 

तर, त्यहीँका स्थानीयले भने उक्त फ्रेस हाउस ६ महिना पहिले नै बन्द भएको र बन्द मासु पसललाई सरकारले अनुदान दिएको प्रतिवेदनमा उल्लेख छ । गोरखामा अनुगमन गर्न गएकी सांसद ओमकला गौतम चालिसेले सरकारले बन्द भएको मासु पसललाई के आधारमा अनुदान दिइयो भन्ने प्रश्नसमेत उठान गरेकी छन् । यसबाहेक अन्य सांसदहरूले अनुदानको झन्झटिलो प्रक्रिया, कार्यविधी लचकदार बनाइनुपर्ने, अनुदान प्रक्रियालाई उत्पादनसँग जोड्नुपर्ने, कृषक वर्गीकरण गर्नुपर्ने लगायतका विषयमा सुझाव दिएका छन् ।

लेखा समितिका पदाधिकारीहरूको जिज्ञासाको जवाफ दिँदै कृषिमन्त्री लेखबहादुर थापामगरले कार्यविधीमा आवश्यकता अनुसारको परिमार्जन भइसकेको हुँदा यो विषयलाई फेरि उठान गर्न जायज नहुने जवाफ फर्काए । यस्तै, कृषकलाई अनुदान दिने कि नाई भन्ने प्रश्न गर्दा कृषकमाथि नै आक्रमण हुने उनले बताए । एकाध योजनामा गल्ती भए पनि गल्तीलाई मात्रै नहेर्न उनको सुझाव छ । बैठकमा सबै जिल्लाका कृषि ज्ञान केन्द्र, विज्ञ केन्द्र प्रमुखहरूले जिल्लागत रुपमा भएका छलफल, योजनाहरूको छनोटबारे जानकारी गराएका थिए ।

मन्त्रीको जवाफपछि लेखा समिति सभापति कुमार खड्काले विभिन्न जिल्लामा सञ्चालित कृषिका योजनामा भेटिएका कैफियतबारे चैत मसान्तभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् । समितिको बैठक बिहिबार पनि बस्ने भएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro