देश
काठमाडौं । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन (घूस) दिन खोज्ने एकजना पक्राउ परेका छन् ।
कलंकी चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले शंका लागि सवारीसाधन जाँच गर्ने क्रममा कालीमाटीबाट कलंकी आउँदै गरेको बा.५च ९०५१ नम्बर कारका चालक चन्द्रागिरि नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।
कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए । उनले कलंकी चोकमा ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारबाहीबाट बच्न कानुनविपरीत आर्थिक प्रलोभनमा पार्न खोज्दा ट्राफिक प्रहरीले पक्राउ गरेको महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६ ११:३९
प्रतिक्रिया दिनुहोस्