site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विज्ञान तथा प्रविधि कानुन ल्याउने गण्डकी पहिलो प्रदेश
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन सम्बन्धी कानुन सातै प्रदेशमध्ये गण्डकीले पहिले ल्याएको छ । यद्यपि यो विधेयक पारित भइसकेको छैन । संसदको विधायन समितिमा विचाराधीन यो विधेयकमाथिको दफाबारीय छलफल चलिरहेको छ । हालसम्म अन्य प्रदेशले यो सम्बन्धीको कानुन बनाएका छैनन्, भने संघ सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सञ्चालन गरेको छ ।

सोही प्रकृतिको विधेयक प्रदेशको विज्ञान सम्बन्धित मन्त्रालयले मस्यौदा तयार पारी सदनमा पेश गरेको थियो । सामान्य छलफल पश्चात विधायन समितिमा बृहत छलफलको लागि पठाइएको विधेयकमाथि विज्ञहरूलाई बोलाएर पनि थप छलफल गरिएको छ ।

विधायन समितिको आयोजनामा सोमबार विज्ञहरू डा. अक्कलदेव मिश्र, डा. कपिल अधिकारी तथा प्राडा टेकराज ज्ञवालीले विधेयकमा केही संशोधन गर्न सुझाव दिएका छन् । कार्यपत्र प्रस्तुत गरेका उनीहरूले औषधी विज्ञान, भूगर्व विज्ञान, अन्तरिक्ष विज्ञान सँग पनि जोडेर हेर्नुपर्ने सुझाव दिए ।

KFC Island Ad
NIC Asia

संसदमा विचाराधीन उक्त विधेयकले प्रतिस्ठान स्थापना गर्ने परिकल्पना गरेको छ । प्रतिस्ठानले विज्ञान तथा प्रविधिको क्षेत्रमा ज्ञान, सीप र दक्षताको विकास गर्ने, प्राकृतिक स्रोत र साधनहरूको दीगो रुपमा उपयोग गरि जनताको आर्थिकस्तर वृद्धिमा सहयोग गर्ने, वैज्ञानिक प्रणाली र अनुसन्धानमुखी शिक्षा प्रदान गर्न सहयोग गर्ने तथा विकास र सेवाप्रवाहसँग सम्बन्धित कार्यहरू गर्ने उद्धेश्य राखेको छ । 
यस्तै, प्रदेशका प्राथमिकताका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरि दिगो विकास लक्ष्यसँग आबद्ध गर्ने, उपभोग्य र निकासीयोग्य वस्तुको उत्पादकत्व वृद्धि गर्ने प्रविधिको विकास गर्ने, गुणस्तर मापनको प्रविधि विकास गर्ने, लगायतका कार्यहरू गर्नेछ ।

यसको सर्वोच्च निकायको रुपमा कार्यकारी परिषद रहनेछ, जहाँ विभागीय मन्त्री अध्यक्ष र कार्यकारी निर्देशक सदस्य सचिव रहनेगरि नौ जना सदस्य रहनेछन् । तर, विज्ञहरूले अध्यक्ष भने विज्ञहरूलाई नै नियुक्त गर्न सुझाव दिए ।

कार्यकारी परिषदले प्रतिष्ठानको अनुसन्धानात्मक कार्यलाई व्यवस्थित तथा नियमित गर्न आवश्यक नीति, रणनीति तथा योजना स्विकृत गर्नेदेखि लिएर, वार्षिक बजेट र कार्यक्रम, अध्ययन तथा अनुसन्धान कार्यक्रम लगायतका कार्यहरू गर्नेछ ।

विधेयकले छुट्टै अनुसन्धान एकाई पनि स्थापना गर्न सकिने व्यवस्था गरेको छ । प्रतिष्ठानमा विज्ञान तथा प्रविधि विषयमा अनुसन्धानको लागि आवश्यकता अनुसार यस्ता एकाई स्थापना गर्न सकिने व्यवस्था विधेयकले गरेको छ ।

प्रतिस्ठानको प्रशासन जिम्मेवारी कार्यकारी निर्देशकलाई दिइनेछ । कार्यकारी निर्देशक हुन विज्ञान वा प्रविधि विषयमा विद्यावरिधी गरेको सहित पाँच वर्षको अनुभव योग्यता चाहिने विधेयकमा उल्लेख छ । अनुसन्धान सम्बन्धि विषयमा अन्तर्राष्ट्रिय जर्नलमा तीनवटा कृतिमा पहिलो लेखक वा पत्राचार गर्ने लेखक भई प्रकाशन गरेको हुनुपर्ने योग्यता पनि कार्यकारी निर्देशकको हकमा व्यवस्था छ ।

कार्यकारी निर्देशकको नियुक्तिको लागि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष संयोजक रहने गरि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव र विभागीय मन्त्रालयका सचिव सदस्य रहने समिति गठन हुने र सोही समितिको सिफारिसको आधारमा सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

विधेयकमाथि विज्ञ टोलीसहितको छलफल र सुझाव सकिएपछि प्रदेश सभामुख नेत्रनाथ अधिकारीले सहमतिका आधारमा विधेयक अगाडि बढ्ने र छुटेका विषयवस्तुमाथि थप छलफल गरि समावेश गरिने बताए । कार्यक्रमलाई यूएनडीपीले सहकार्य गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro