पोखरा । फेवातालमा डुङगा पल्टिदा काठमाडौं महानगरपालिका १२ का २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका छन् ।
सोही ठाउँका रूपेश अधिकारी र सुविन चालिसेको उद्धार भएको छ । पोखरा महानगरपालिका १८ खर्पौदीस्थित फेवाताल किनाराबाट उनीहरु ३ जना आफैं डुङगा चलाएर फेवातालमा सयर गर्ने क्रममा डुङगा पल्टिएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
डुङगा पल्टिएको देखेपछि उद्धार लागि गएका पोखरा १८ खपौदीका ५० वर्षीय बुद्धि जलार बेहोस् भएपछि उनलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । उनको अहिले मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
हराइरहेका सुमित लुइँटेलको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । तीन जना पोखरा घुम्नका लागि आएका थिए । डुङगा चढ्दा लाइफ ज्याकेट लाउनु पर्ने भए पनि उनीहरु नलगाई चढेको प्रहरीले जानकारी दिएको छ ।