site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदको ठट्टा - 'लड्‌डुमा भाङ त थिएन...’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । बिहिबार गण्डकीको संसद बैठक १ बजे बस्‍ने कार्यसूची थियो । तर, सांसदहरु १२ बजे नै आइपुगे । प्रदेशसभा सचिवलायले सबै सांसदहरुलाई १२ बजे नै उपस्थित हुन सूचना पठाएका थियो । कारण, संसद बैठक ३ वर्षमा लाग्दै थियो । ०७४ माघ २२ गते संसदको पहिलो बैठक बसेको थियो । सोही मितिले ०७६ माघ २३ गते गण्डकी संसद दोश्रो वर्ष पार गरि तेश्रो वर्षमा लागेको छ ।

यही उपलक्ष्यमा संसद सचिवालयले पत्रकार सम्मेलनसहित चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सभामुख, उपसभामुख, सरकारका प्रवक्तासहित मन्त्रीहरु र सांसदहरु उपस्थित थिए । निर्धारित समयमा नै पत्रकार सम्मेलन चल्यो । पछिल्ला २ वर्षमा भएका गतिविधीबारे जानकारी पश्चात केही प्रश्नोत्तर भए ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाका २ वर्ष सन्तोषजनक रहेको बताए । प्रतिपक्षीको पनि साथ मिलेको र आगामी दिनमा पनि मिल्ने अपेक्षाका साथ कार्यक्रम सकियो । त्यसपछि चियापान कार्यक्रममा सबै सहभागी भए । संसदको तेश्रो वर्ष पुगेको उपलक्ष्यमा लड्डु पनि बाँडिए ।

KFC Island Ad
NIC Asia

चियापान सकिएपछि सबै संसदतर्फ लागे र त्यताको कारबाही प्रक्रिया अगाडि बढ्यो । जनाउ घण्टी बज्यो, सबै माननीय हलभित्र प्रवेश गरे । मर्यादापालकले सभामुख आउन लागेको सूचना पनि दिए । सभामुख पनि प्रवेश गरे ।

जसै सभामुख प्रवेश गरे, राष्ट्रिय धुन बज्न सुरु भयो । तर, संसदको बिहीबारको राष्ट्रियधुन भने निकै लामो भयो । कारण, बज्दाबज्दै विद्यतु गयो । राष्ट्रियधुन नसकि बस्ने कुरा भएन, कतिबेला सकिन्छ भन्ने भेउ पनि कसैले पाएनन् । फेरि संसदको जेनेरेटर चलाएर फेरि राष्ट्रिधुन बजाइयो । अनि बल्ल सांसदहरु बसे । सभामुखले कारवाही अगाडि बढाए ।

विद्युतले दोश्रोपटक पनि धोका दियो । त्यतिबेला भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै थिए । उनको जवाफ नसकिँदै दुईपटक विद्युतले धोका दियो ।

उनी बोलेर फर्किसकेपछि सभामुखले मन्त्रीको जवाफ बुँदागत रुपमा उपलब्ध गराउने भनेर रुलिङ गरे । त्यसपछि विद्युत त गएन, तर संसदभित्र जुहारी नै चल्यो । सातसात पटक नियमापत्ती भयो । अन्तिममा सदन अवरुद्धै भयो र बैठक स्थगित भयो ।

कानुनमन्त्री किन आएनन् ?

मुख्यमन्त्रीले जवाफ नदिएको भन्दै बिहीबारको सदन प्रतिपक्षी दल कांग्रेस र समाजवादीका सांसदले अवरुद्ध गरे । तर, मन्त्रीहरुले जवाफ दिने कार्यसूचीमा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको नाम पनि थियो । बुधबारको कार्य परामर्श व्यवस्था समितिको बैठकमा नै उनले बिहिबारको सदनमा जवाफ दिने भनेका थिए । सोही अनुसार कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तय गर्‍यो तर, चुमान आएनन् ।

मन्त्री चुमानलाई सम्पर्क गर्दा उनले तनहुँको कार्यक्रममा जानुपरेका कारण आउन नभ्याएको बताए । आफू आउन नसक्ने जानकारी पनि सदनलाई गराएको उनको जवाफ छ ।

“बन्दीपुरमा इन्जिनियरिङ एसोसिएसनको इ–बिडिङ सम्बन्धि कार्यक्रम थियो, त्यहाँ विभिन्न कानूनी प्रक्रियाको बारेमा जानकारी दिनको लागि म गएको हुँ । कार्यसूचीबाट नाम हटाउन भनेको थिएँ,” उनले भने ।

'जवाफ नदिएर होइन, गच्छदारविरुद्ध मुद्दा दर्ता भएपछि सदन अवरुद्ध गरेको हो'

मन्त्री चुमानले आफू नआउनुको कारणमात्रै खुलाएनन् । कांग्रेसले विरोध गर्नुको अर्कै कारण भएको समेत बताए । ललिता निवास काण्डमा विशेष अदालतमा कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छेदार माथि मुद्धा दायर गरेको छ । उनी सांसद पदबाट निलम्बनसमेत भइसकेका छन् । यसै विषयमा बिहिबारको संघीय संसद पनि कांग्रेसले अवरुद्ध गर्‍यो ।

त्यही कारण मुख्यमन्त्रीलाई देखाएर यहाँको पनि सदन रोकिएको मन्त्री चुमानले बताए ।

बाह्रखरीसँगको फोनसम्पर्कमा उनले भने, “दुई जना मन्त्री भएपछि के लाइन लाएर बोल्नु भनेर हो । उनीहरुको कुरा मुख्यमन्त्री उभिनुपर्छ भन्ने हो । यहाँ इस्यु बनाए तर इस्यु अर्कै हो । भित्री इस्यु भनेको संघको कुरालाई लिएर हो । यहाँ सिधै उठाउन मिलेन । मिल्दा नि मिल्दैन्थ्यो । मुख्यमन्त्रीले भोलि जवाफ दिइहाल्नुहुन्छ नि । अप्रत्यक्ष तरिकाले यहाँ पनि त्यही कारणले अवरुद्ध गरेका हुन ।”

नेकपा सांसदको रुलिङजस्तो नियमापत्ति

संसदमा बिहीबारको सवालजवाफ भइसकेपछि सभामुखले रुलिङ गर्न खोज्दै थिए । कांग्रेससहित समाजवादी पार्टीका सांसदहरुले उठेर विरोध गरिरहे । सभामुखले बस्न आग्रह गरिरहेका थिए, तर सांसदहरु नबसेपछि सभामुखले तजवीज प्रयोग गर्न लागेका थिए ।

त्यत्तिकैमा नेकपाका सांसद राजीव पहारी उठे र भने, ‘बोल्ने विषय छ सभामुख महोदय ।’

तर, पहारी उठेपछि माहोल झनै गर्मायो । राजीव पहारी नै त्यस्ता सांसद हुन, जो अन्य सांसदहरुले नियमापत्ती गरेका बखत आफूले पनि अन्तिममा भएपनि नियमापत्ती गरेकै हुन्छन ।
बिहिबार पनि उनी बोल्दै थिए, कांग्रेस सांसद खड्काले नियमापत्ती जनाए । र भने, “नियमापत्ती नगरिकिन मञ्चमा उभिए झैँ गरेर माननीयज्यू उभिने बोल्ने यो परम्परा नियमावलीले दिँदैन, संसदीय परम्पराले दिँदैन यतातर्फ म सभामुखमर्फत ध्यानाकर्षण गराउन चाहान्छु ।”

खड्कापछि फेरि पहारी नै बोले र विषय दोहोर्‍याउँदै मुख्यमन्त्रीको बचाउमा लागे । 

“आज २ जनाले जवाफ पनि दिनुभयो । बैठक नियमित रुपमा सञ्चालन हुन्छ । अरु विषयमा केके कुराहरु उठेका छन्, यो त संसदको निरन्तरता हो । आज बसेको छ, भोलि पर्सि बस्छ । मुख्यमन्त्रीले अरु दिनमा आएर बोल्नुहुन्छ । सबै एकैदिनमा सबै विषयवस्तु राख्ने भन्ने त हुँदैन । त्यसैले, तिललाई पहाड बनाएर सामान्य कुरालाई ठुलो विषयवस्तु बनाएर सदन अवरुद्ध गर्ने कुरा संसदीय परम्परा, विधी विपरित छ भन्ने जस्तो मलाई लाग्छ, यसले संसदको गरिमा घटाउँछ ।”

उनले यतिमात्र भनेनन्, कांग्रेसका सांसदलाई सदनको गरिमा सिकाउनमा लागे ।

“म प्रतिपक्षी दलका माननीयज्यूहलाई व्यक्तिगत रुपमा पनि विशेष अनुरोध गर्न चाहान्छु । संसदीय गरिमा प्रतिष्ठा, हाम्रा गतिविधी र क्रियाकलापले बढ्ने हुन, यसर्थ सुरु भइरहेको विषयलाई चाहिँ ... ” उनले बोली पुरा गर्न पाएनन्, कांग्रेसका सांसद खड्काले फेरि नियमापत्ती गरे र राजीवलाई पनि कडा जवाफ फर्काए, ‘यो भाषण गर्ने चौतारी होइन ।’

“सभामुख महोदय यसरी सदन चल्न सक्दैन । विधी र प्रक्रिया मिचेर सभामुखले गर्ने रुलिङ तलबाट माननीयले रुलिङ गर्ने हो भने । यो सभाको औचित्य के ? विधीबाट नचल्ने, प्रक्रियाबाट नचल्ने ? यो भाषण गर्ने चौतारी हो सभामुख महोदय ? सभामुखले गर्ने रुलिङ तलबाट माननीयले कसरी गर्न सक्नुहुन्छ ?”

खड्काले प्रश्न उठाएपछि सभामुखले बल्ल अन्तिम रुलिङ गरे, ‘माननीय सदस्यहरु, प्रतिपक्षी दलका नेताहरु सदन अवरुद्धको क्रममा भएकोले यो बैठक शुक्रबार ११ बजे सम्मका लागि स्थगित हुन्छ ।’

जब सदन स्थगित भयो । सांसदहरु हलबाहिर निस्के । बाहिरको वातावरण पनि उस्तै थियो । केही सांसदहरुले ठट्टा पनि गर्न भ्याए । ‘अघिको लड्डुमा भाङ त मिसिएको थिएन .. ?’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro