site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना प्रभाव : चीनमै रोकिए ८० कामदार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विश्वव्यापी संकटकाल घोषणा गरिएको नोभेल कोरोना भाइरसको प्रभाव देखिएको छ । त्यहाँका अधिकारीहरू यसलाई सामान्य प्रभाव भन्न रुचाउँछन् । चीन सरकारसँगको ऋण सहयोगमा निर्माणाधीन विमानस्थल भएका कारण यहाँ चिनियाँ कामदार पनि उत्तिकै छन् ।

चीनकै बुहानबाट फैलिएको भाइरस र विमानस्थलमा काम गर्ने कामदार पनि चिनियाँ भएका कारण विमानस्थललाई कत्तिको प्रभाव पारेको छ त ?

यस विषयमा विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले जवाफ दिए, “सामान्य प्रभाव चाहिँ छ, चीन गएका कामदार फर्किन पाएका छैनन् ।”

KFC Island Ad
NIC Asia

मुनाकर्मीका अनुसार विमानस्थलका ८० कामदार चीनमा नै रोकिएका छन् । तीमध्ये पुराना कामदार २० जना छन्, भने ६० जनाजति नयाँ कामदार आउन नपाएका हुन् । पुराना ४० कामदार नयाँ वर्ष मनाउन गएका थिए । तीमध्ये २० जना फर्किए भने बाँकी २० जना उतै रोकिएका हुन् ।

“४० जना गएका मध्ये २० जना रोकिएका छन् । एक्सेस रोडको ढलान, डेकोरेसन फिनिसिङका लागि नयाँ ६०÷६५ जना आउने भनेका थिए । उनीहरू पनि आएका छैनन् । कम्पनीबाट नै हामीले उनीहरूलाई चीनमा नै निगरानीमा राख्ने चेकअप गराउने १५ दिनसम्म रोग वा लक्षण नदेखिएमा नेपाल छिर्ने भनेका छौँ,” उनले भने ।

कुनै संक्रमण वा लक्षण नदेखिएर नेपाल आए तापनि पुनः उनीहरूलाई तत्काल काममा नलगाई निगरानीमा नै राख्ने तयारी आयोजनाले गरेको छ । यसका लागि छुट्टै पाँचवटा आइसोलेसन वार्डसमेत परिसरभित्रै खडा गरिएको छ ।
गत शनिबार नेपाल फर्केका १० जना कामदार तिनै वार्डमा छन् । उनीहरूलाई अन्य व्यक्तिहरूसँग हेलमेल हुन दिइएको छैन ।

मुनाकर्मी भन्छन्, “नेपालमा आइसकेपछि हामीले काममा नलगाई पुनः निगरानीमा राख्नेछौँ । त्यसका लागि पाँचवटा छुट्टै कोठा तयार गरेका छौँ । उनीहरूलाई त्यहीं राख्ने हो । गत शनिबार आएका पनि काममा फर्केका छैनन् । उनीहरू पनि निगरानीमा नै छन् । मानिसहरूसँग संसर्ग नहोस् भनेर खाना पनि कोेठामा नै पु¥याइदिने गरेका छौँ ।”

तर, विमानस्थलमा कार्यरत कामदारहरू चाहिँ कोेरोना उत्पत्ति भएको हुबेई प्रान्तका भने होइनन् । विमानस्थलमा कार्यरत अधिकांशभन्दा बढी कामदार सिन्चुवान प्रान्तका छन् ।

“तर, हामीले सतर्कता चाहिँ अपनाएका छौँ । यहाँ ट्रिटमेन्ट हुँदैन, हामीले छुट्टै मात्र राखेका छौँ । काममा लगाउनुअगाडि फेरि एकपटक चेकअप गराउँछौँ । त्यसपछि मात्र काममा लगाउने हो,” उनले भने ।

विमानस्थलमा अहिले पनि २०० सम्म चिनियाँ कामदार कार्यरत छन् । करिब २५० जना नेपाली कामदार छन् ।

२०२१ को जुलाईबाट अन्तर्राष्ट्रिय उडान पोखरा विमानस्थलबाट पनि गर्ने योजनामा नागरिक उड्डययन प्राधिकरण रहेको छ । २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उड्डययन संस्था आईकाओको मापदण्ड अनुरुपको हुनेछ । नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो । 

१८० सिट क्षमताको जहाज पोखरामा अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन् । अहिलेसम्म ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

प्राधिकरण र सीएएमसीईबीचको सम्झौतामा इपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आईकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । 

चार दशकअघि पोखरा–१४, १५ र १८ वडाको ३ हजार १०६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप पाँच सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यस्तै, पुनः सरकारले गत मंसिर ५ गतेमात्र थप १४८ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ । जुन निर्णयको स्थानीयले आफूहरु पटकपटक विस्थापित हुनुपरेको भन्दै विरोध समेत गरिरहेका छन् ।

यद्यपि अहिले अधिग्रहण गर्न लागिएको जग्गाले हवाई सुरक्षा बढाउने आयोजनाको दाबी छ ।

पोखरा विमानस्थलमा हेल्थ डेस्क

विमानस्थलबाट भित्रिने पर्यटकहरूज्ञको जाँचका लागि पोखरा क्षेत्रीय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पर्यटकीय सहर पोखरामा सम्भावित जोखिम न्यूनीकरण गर्न हेल्थ डेस्क स्थापना गरिएको पोखरा विमानस्थल प्रशासनले जनाएको छ ।  

प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाको सहकार्यमा डेस्क स्थापना गरिएको हो । नेपाल आउने चिनियाँ पर्यटकहरूको प्रमुख गन्तव्यसमेत हो पोखरा । यहाँ आउने पर्यटकहरूलाई लक्षित गरी विमानस्थलमा स्वास्थ्य परीक्षण गर्न आवश्यक उपकरणसहित २ जना स्वास्थ्यकर्मी खटाइएको छ ।  

ती स्वास्थ्यकर्मीले रुघाखोकी, ज्वरो र अन्य संक्रमणको लक्षण देखिएका बिरामीको सामान्य परीक्षण गरी रगतको नमुनासमेत लिनेछन् ।

शंकास्पद देखिएको खण्डमा यही डेस्कले नै उपचारका लागि रिफर गर्ने प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले जानकारी दिए ।

हेल्थडेस्कमा रगत परिक्षण गर्दा कोरोना भाइरसको शंका लागेमा उक्त रगत र बिरामीलाई काठमाडौं पठाइने उनले बताए । निर्देशनालयले गण्डकी प्रदेशभित्रका सबै स्वास्थ्यसंस्थाहरूमा कोरोना भाइरसको बारेमा स्थानीयलाई जानकारी गराउन पत्राचारसमेत गरिसकेको छ । निर्देशनालयले माक्सको प्रयोग गर्न, अस्पतालमा इमजेन्सी कक्ष तयारी अवस्थामा राख्न पनि मातहतका स्वास्थ्य केन्द्रलाई भनेको छ ।

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण मंगलबार बिहासनसम्म २० हजार ६२३ जनामा देखिएको छ । संक्रमित मध्ये चीनमा ४२५, फिलीपिन्स र हङकङमा एक जनाको ज्यान गएको छ । भाइरसबाट संक्रमित मध्ये ६५३ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् ।

२७ देशमध्ये चीनमा सर्वाधिक २० हजार ४३८ संक्रमित देखिएका छन् । जापानमा २०, थाइल्यान्डमा १९, सिंगापुरमा १८, हङकङ र दक्षिण कोरियामा १५÷१५, जर्मनी र अस्ट्रेलियमा १२ र १२, अमेरिकामा ११, ताइवानमा १० जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

यस्तैगरी, भियतनाम, मकाउ र मलेसियामा ८÷८, फ्रान्समा ६, युएईमा ५, भारतमा ३ तथा फिलिपिन्स, इटली, युके र रसियामा २÷२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

नेपालसहित श्रीलंका, फिनल्यान्ड, स्वीडेन, कम्बोडिया र स्पेनमा १ र १ जनामा मात्रै यसको संक्रमण देखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro