site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाउँपालिका प्रमुख कुटिएकी हुन् भने सांसदले किन झुट बोले ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । नवलपुर बर्दघाट सुस्ता पूर्वमा माघ ७ गते भएको दुर्घटनाको विषयले संसदमा प्रवेश पाएको छ । हुप्सेकोट गाउँपालिकाको ग.१झ ३८९ नम्बरको गाडीले ठक्कर दिँदा ७ वर्षीय दीप गाहा मगरको मृत्यु र अन्य चारजना घाइते भएका थिए । गाडी भने गाउँपालिका प्रशासन शाखाका अधिकृत शिवप्रसाद सुवेदीले चलाएका थिए । त्यसयता सुवेदी भने फरार छन् । 

मगरको मृत्युपछि आक्रोशित स्थानीयले गाउँपालिकामा तालाबन्दी गरे । त्यही आन्दोलन साम्य बनाउन भन्दै पुगेकी गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेमाथि हातपात र आक्रमण पनि भयो ।

प्रहरीको घेराभित्रै गाउँपालिका प्रमुख कुटिएको भन्दै कांग्रेस सांसद ओमकला गौतम चालिसेले सोमबार प्रदेशसभाको विशेष समयमा संसदको ध्यानाकर्षण गराइन् । “महिला भएकै कारणले हो वा, फरक दल भएकाले हो, प्रहरीको घेराभित्रै गाउँपालिका प्रमुख कुटिनु भनेको यो प्रदेशको मुख्यमन्त्री कुटिनु हो, नेपालको प्रधानमन्त्री कुटिनु हो । प्रहरीले सुरक्षा दिन सकेन । घण्टौंसम्म अध्यक्षमाथि गाली बेइज्जति भो । ढुंगामुढा पनि हानियो । प्रशासन कहाँ छ ?” उनले प्रश्न गरेकी थिइन् । यस्तै, दोषीलाई कारबाही मागसहित पीडितलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिन उनले माग राखिन् ।

KFC Island Ad
NIC Asia

त्यस्तै, मंगलबारको प्रदेशसभा बैठकमा नवलपुरकै नेकपाका अर्का सांसद रोशन गाहा मगरले विशेष समयमै, “गाउँपालिका प्रमुखमाथि कुटपिट नभएको र गाडी चालक फरार भएको, लुकेको कि लुकाइएको ?” भन्ने प्रश्न उठाएपछि यो विषयले राजनीतिक रूप लिएको हो ।

संसदमा गाहाले भने, “कुटपिट भन्ने गलत हो, कहाँ एउटा जनप्रतिनिधिलाई त्यहीँको पब्लिक जसले मत दिएर निर्वाचित गरेको जनप्रतिनिधिलाई पनि कसैले हातपात गर्छ ?” तर, बाह्रखरीले गाउँपालिका प्रमुख लक्ष्मी पाण्डेलाई सम्पर्क गर्दा उनी कुटपिटकै कारण टाउकोमा चोट लागेको र एमआरआई गर्न अस्पताल रहेको जानकारी दिइन् ।

सांसद गाहाले भने, अस्पतालमा जाने एमआरआई गर्ने उपचार गर्न जाने अर्कै कुरा रहेको बताए । राजनीतिक पृष्ठभूमि फरक भएकै कारण चालकलाई लुकाइएको उनको दाबी छ । “दुर्गम पहाडबाट आएको सात वर्षको बालक आमाको काखमा किल्चिएर मरेको छ, चारजना घाइते पनि भएका छन्, अर्काको घरमा पनि हानेको छ । उनी आफैंले (गाउँपालिका अध्यक्ष) अपर्झट बैठक राखेर क्षतिपूर्ति र घाइतेको उपचार गर्ने कुरा, कसले चलाएको हो ? आफैंले राखेको जितबहादुर भन्ने ड्राइभर एक नम्बरको छ । उसलाई फरक राजनीतिक आधार भएकै कारण लुकाइएको हो । नत्र लुक्ने र लुकाउनुपर्ने जरुरी नै छैन,” उनले भने ।

यता, पाण्डेले भने प्रहरीको घेराभित्रै आफूमाथि कुटपिट भएका कारण जिल्ला प्रहरी कार्यालयमा आइतबार किटानी जाहेरीसमेत दिएकी छन् । सांसद गाहाले चाहिँ लोकतन्त्रमा किटानी जाहेरी दिन पाइने भन्दै पाण्डेको कुराको खण्डन गरेका छन् । “किटानी जाहेर दिन पाइयो नि त लोकतन्त्र हो, मलाई बाटोमा हिँड्दा कसैले तेरो आँखा किन फुट्यो भनेर कसैले उजुरी पनि हाल्न सक्छ नि । छानबिनका लागि अरू निकाय पनि छन्,” उनले भने ।

सांसद गाहा बोलिसकेपछि मंगलबारै संसदमा समय माग्दै ओमकला गौतम चालिसेले गाउँपालिका अध्यक्षले गाडी प्रयोग नगरेको समयमा दुर्घटना भए पनि सबै दोष अध्यक्षमाथि लगाइएको र स्थानीयले अभद्र व्यवहार गरिरहँदा प्रहरी प्रशासन मूकदर्शक बनेको दोहोर्‍याइन् ।

सांसद गाहाले बोलेको कुराको पनि उनले खण्डन गर्दै आफू प्रत्यक्षदर्शी रहेको बताइन् । “मैले मेरा सहकर्मी माननीयलाई पनि सँगै जाउँ भनेकी थिएँ, कल डिटेल पनि हेर्न सक्नुहुन्छ, तर उहाँ आउनुभएन म एक्लै गएँ, मेरै आँखाअगाडि एक स्थानीय सरकारको प्रमुखमाथि अपशब्द बोल्दै दुर्व्यवहार गरियो, तर प्रतिपक्षी माननीयले यो गलत हो भन्नुभयो, यसमा मलाई खेद छ,” उनले भनिन् । यस्तै, उनले मृतकप्रति समवेदना प्रकट गर्दै दोषीमाथि कारबाहीको माग राखिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro