site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक मनाङे भन्छन्–मैले झापड हान्दा यत्रो इस्यु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले यसलाई ठूलो इस्यु बनाउन नहुने बताएका छन् । मंगलबार मनाङेले एन्फा अध्यक्षलाई मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन हुनुपूर्व तीन झापड लगाएका थिए ।

बुधबार उनले पत्रकार सम्मेलन गरेर ठगलाई झापड लगाउनु कुनै ठुलो इस्यु नभएको बताएका हुन् । उनले पूर्वप्रधानमन्त्रीहरुलाई पनि जनताले जुत्ता हानेको दृष्टान्त दिए र भने, “जनताले पूर्वप्रधानमन्त्रीलाई झापड हानेका होइनन, पागलजस्तो मान्छे भनेर सुशील कोइरालालाई जुत्ताले हानेका होइनन् ? तपाई त्यो बेला त झन खुसी भएर लेख्नुभएको थियो, ठिक गर्‍यो भन्नुभएको थियो, सायद मैले पनि भनेको थिएँ होला । झलनाथजीले खानुभयो, मैले नि ठिक भनेहोला । मैले एक ठगलाई झापड हान्दा यत्रो इस्यु ?”

तर, कानुन बनाउने ठाउँमा पुगेको मान्छेले झापड हान्नु कत्तिको उचित हो ? भन्ने प्रश्नमा मनाङेले भने, “यही त हो कानुन, झापड । सांसद भएपछि म जोगी जस्तो भएर बुद्ध बनेर बस्‍नु त, मलाई त ठिकै लाग्छ, तपाईलाई लागेन भने त्यो त तपाईको प्रब्लम भयो ।”

KFC Island Ad
NIC Asia

के अन्याय भयो भन्दैमा सबैलाई झापड हान्ने त ? उनको जवाफ छ, “के मैले त्यसलाई माला लगाइदिनु ? माला लगाइदिनु भन्नुहुन्छ भने म लगाइदिन्छु, मैले झापड हानेको तपाईंहरुलाई मन परेन । राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ।”

तपाईविरुद्ध त उजुरी परेको छ नि ? उनको प्रतिप्रश्न छ, “मैले पनि दिन्छु नि, ५० वटा जाहेरी दिन्छु, जसले ठगेको छ उसैले जाहेरी दिने ?”

सबै प्रहरीले गरेर हुँदैन । हाम्रा बच्चाहरुले भात खान पाएनन्, सुत्न पाएनन्, के प्रहरीले भात खुवाउँछ । १८ जना बच्चा बाटोमा निस्के भने तपाईलाई थाहा हुन्छ, उपदेश दिनु र गर्नुमा फरक हुन्छ, म यहाँ नभएको भए के हुन्थ्यो ?

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई झापड हान्न खोजेको तर शेर्पा त्यहाँ नभएका कारण मिलन गुरुङले झापड खान परेको उनको भनाइ छ ।

“हामी पहिले तरुण दलमा पनि सँगै थियौँ, म जिल्ला अध्यक्ष हुँदा उ कार्यालय सचिव थियो, कर्मा र म साथी पनि हौं, सँगै २५ वर्ष काम गरेको हो । हिजो भेटेको भए हान्थेँ, अहिले त रिस मरिसक्यो । आज मेरो रिस हराइसक्यो, मिलन गुरुङ मेरो भाइजस्तो मान्छे हो, मैले कर्मालाई खोजेको हो, मान्छे नै छैन त्यो, यो आएर मरेछ ।”

पत्रकार सम्मेलनमा  एन्फा मनाङका अध्यक्ष दावासिंह गुरुङ (निरज) ले पनि आयोजकले वास्ता नगरेको बताए ।

“के भन्नु र खै, हामी यहाँ आएको यत्रो दिन भइसक्यो, ग्राउण्ड पनि मिलाउँदैन, फोन पनि उठाउँदैन । कमसेकम प्राक्टिसको लागि एउटा ग्राउण्ड त दिनुपर्थ्यो । बोलाएपछि अलिकति सहयोग त गर्नुपर्ने हो नि उहाँहरुले,” उनले भने ।

निरजका अनुसार मनाङका खेलाडीलाई अहिले पनि मनाङले नै व्यवस्थापन गरेको छ । जबकि एन्फा केन्द्रले लजिङ, फुडिङ, ट्रान्सपोर्टको व्यवस्थापन गर्ने बताएको थियो ।
“यसको पनि केही सल्लाह भएको छैन । खान, बस्नको कुरा त हाम्रो गाउँबाट आएपछि हामीले नै गरेका छौँ, तर आयोजकले ढाँट्न हुँदैन नि, बोलाएर यस्तो गर्ने ?” उनले प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro