site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलपति खोज्‍नकै लागि फेरि एक महिना म्याद थपको तयारी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपति नियुक्ति प्रक्रिया एक महिना लम्बिने भएको छ । कुलपति नियुक्तिका लागि गठित तीन सदस्यीय समितिले कुलपतिका लागि आएका आवेदनहरूका बारेमा अध्ययन नसकेपछि म्याद थप्‍ने तयारी गरिएको हो ।

अर्को मन्त्रिपरिषद् बैठकमा नै पेस गर्ने गरी सामाजिक विकास मन्त्रालयले प्रस्ताव तयारी गरेको छ । कात्तिक ५ गतेको मन्त्रिपरिषद बैठकले एक महिनाभित्रै कुलपति नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

यससँग सम्बन्धित ‘गण्डकी विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक’ को दफा २३ को उपदफा ५ ले कुलपतिको पदमा पहिलोपटक नियुक्तिका लागि सिफारिस गर्न प्रदेश सरकारको शिक्षा क्षेत्र हेर्ने मन्त्रीको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र प्रमुख सचिव सदस्य रहेको तीन सदस्यीय एक समिति गठन गर्ने व्यवस्था गरेको छ ।

KFC Island Ad
NIC Asia

सामाजिक विकासमन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेल र प्रदेश प्रमुख सचिव हरि बस्याल सदस्य रहेको समितिको निर्णयानुसार मन्त्रालयले कात्तिक २४ गते ‘गण्डकी विश्वविद्यालयको कुलपति छनोट गर्ने प्रयोजनका लागि रोस्टरमा नाम समावेश गर्नेसम्बन्धी सूचना’ जारी गर्‍यो ।

१५ दिने म्यादसहित जारी सूचनाको अन्तिम दिन मंसिर ९ गतेसम्म १० जनाले रोष्टरमा नाम चढाएका छन् । मन्त्रालयका उपसचिव भीमप्रसाद तिवारीका अनुसार छ वटा जिल्लाका १० जनाले नाम बुझाएका हुन् ।

कुलपतिका लागि रोष्टरमा नाम चढाउनेमा डा. प्रमोद ढकाल बागलुङ, डा. विमल आचार्य प्यूठान, डा. पूर्णकान्त अधिकारी र डा. तीर्थबहादुर थापा लमजुङ, डा. मोतीलाल पराजुली कास्की र डा. भीमलाल गौतम पर्वत रहेका छन् ।

बाँकी चार जना भने काठमाडौंका हुन् । डा. हेमराज सुवेदी, डा. वासुदेव काफ्ले, डा. वीरेन्द्रराज तिवारी, डा. दीपककुमार खड्का काठमाडौंका हुन् ।

यी मध्ये डा. तीर्थबहादुर थापा प्रस्तावित गण्डकी विश्वविद्यालयको सम्भाव्यता अध्ययन समितिका संयोजक समेत हुन् । उनकै समितिले गण्डकी विश्वविद्यालयको प्रस्तावित लागत पनि पेस गरेको थियो ।

मन्त्रालयले जारी गरेको सूचनामा उल्लेखित योग्यताअनुसार कुलपतिको लागि रोस्टरमा नाम चढाउन विद्यावरिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने, नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट दोषी प्रमाणित नभएको, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र गण्डकी विश्वविद्यालयसँग कुनै किसिमको स्वार्थ नबाझिएको हुनुपर्ने उल्लेख छ ।

उपसचिव भीमप्रसाद तिवारीका अनुसार सूचनामा उल्लेखित व्यक्तिहरूले नै रोस्टरमा नाम चढाएका हुन् । उम्मेदवारहरूलाई व्यक्तिगत विवरणका साथमा विश्वविद्यालयको दीर्घकालीन सोच सहितको ५ हजार शब्दसम्मको व्यावसायिक कार्ययोजना, ‘शैक्षिक विकास, पूर्वाकार विकास, प्रशासनिक व्यवस्थापन, स्रोतसाधनको परिचालन र समन्वय र सहकार्य’ पेस गर्न समेत भनिएको छ ।

तर, आवेदकहरूको कार्ययोजना लगायतका योग्यता माथि समितिले छलफल नसकेको हुँदा म्याद थप्‍न लागिएको हो । सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले समितिको काम बाँकी रहेको र विश्लेषणका लागि समय अपुग भएका कारण म्याद थप्न लागिएको हो ।

समितिका संयोजक तथा सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले कार्यव्यस्तताका कारण अध्ययन गर्न नभ्याइएको बताइन् ।

“समितिको बैठक बस्न पनि भ्याएका छैनौँ, समय सकिएको छ, मुख्यमन्त्रीसँग छलफल गरेर म्याद थप गर्नेछौँ,” उनले भनिन् ।

आवेदक सबैको छलफल नसकिएको र प्रक्रियामा नै रहेको उनले जानकारी दिइन् । हालै सम्पन्न दक्षिण एसियाली खेलकुदका कारण पनि समय दिन नसकेको उनको भनाइ छ ।
तर, कुलपति नियुक्त भए तापनि उसले बिनासंरचना नै काम गर्नुपर्ने हुन्छ । कारण, विश्वविद्यालयको अहिलेसम्म कुनै भौतिक नामोनिसान छैन ।

उनले भनिन्, “कुलपतिले आफ्नो बडी, पाठ्यक्रम, जनशक्ति संरचना बनाउँछ । त्यही गर्न खोजिएको हो ।” उनले बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro