site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सभामुख र उपसभामुखको पनि मञ्च’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

विशन क्षेत्री
पोखरा । चार दिनसम्म पोखरामा चलेको अन्तर प्रदेश सभा अनुभव आदानप्रदान कार्यक्रम आइतबारदेखि सकिएको छ । सातै प्रदेशका सभामुख र उपसभामुखहरूको पोखरा भेलाले छ बुँदे पोखरा निष्कर्ष समेत निकालेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसमेतले सहजीकरण गरेको कार्यक्रमले अब प्रदेशसभाका सभामुख, उपसभामुखहरूको पनि मञ्च बनाउने निष्कर्ष निकालेको छ ।

तर, यो मञ्च भने अनौपचारिक हुनेछ । यसमार्फत् आवश्यक ज्ञान सामग्रीको प्रकाशन लगायतका अन्य कार्य गर्ने जनाइएको छ ।

“अन्तर–प्रदेश सभा अनुभव आदान–प्रदान कार्यक्रम सभाहरूबीच पारस्परिक सिकाइ, साझा सवालहरूको पहिचान तथा निरुपणका लागि मतैक्य निर्माण र सभाका कामकारबाहीलाई थप प्रभावकारी तथा रचनात्मक बनाउन महत्त्वपूर्ण रहिआएको तथ्य आत्मसात गर्दै यस्ता कार्यक्रमलाई संस्थागत गर्न प्रदेशसभाका सभामुख, उपसभामुखहरूको अनौपचारिक मञ्च बनाउने र सोमार्फत् आवश्यक ज्ञान सामग्रीको प्रकाशनलगायत अन्य काम गर्ने ।” पोखरा भेलाको पहिलो निष्कर्षमा उल्लेख गरिएको छ ।

KFC Island Ad
NIC Asia

यस्तै, संघीय संसद, राष्ट्रियसभाले समन्वय तथा संयोजन गरेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने विषय पनि निष्कर्षमा उल्लेख छ । सोही कार्यक्रमको निरन्तरतास्वरूप अर्को कार्यक्रम सुदूरपश्चिम प्रदेशमा हुने भएको छ ।

यो कार्यक्रम यूएनडीपीको संसद सहयोग परियोजनाले आर्थिक सहयोग गरेको हो ।

भेला तथा अन्तरक्रिया कार्यक्रममा सभामुखहरूले उठाएको विषय थियो, संघले साझा अधिकारको विषयमा प्रदेशसँग कुनै सहकार्य गरेको छैन, प्रदेश सांसदहरूलाई पनि यसमा सहभागी बनाइयोस् । यस्तै, स्थानीय तहले पनि कानुन निर्माण गरेर प्रदेशमा नपठाएको तथा स्थानीय तहका कानुन निर्माणमा प्रदेश जानकार नरहेको कुरा भेलामा उठेको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस विषयमा सहजकर्ताको भूमिका निभाएका थिए । पोखरा भेलाले यो विषयलाई पनि निष्कर्षका रूपमा लिएको छ ।

“संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको सन्दर्भमा संघीय संसद र प्रदेशसभाहरूबीच नियमित तथा प्रभावकारी समन्वयका लागि उपयुक्त कानुनी व्यवस्था गर्न संघीय संसदसँग संवाद तथा परामर्श गर्ने ।” उल्लेख गरिएको छ ।

संरचनाको अभाव अहिले पनि धेरै प्रदेशसभाले भोगेका छन् । गण्डकीको प्रदेशसभा भवन पनि संकुचित छ । तीन नं. प्रदेशको हालत पनि उस्तै छ । प्रदेश सरकारको नाममा कुनै जग्गा छैन । सरकारले जग्गा प्रदेशलाई दिनुपर्ने मागसहित संघीय सरकारलाई पत्राचार गरे तापनि संघले भने कुनै चासो नै दिएको छैन । सानो भवनमा बाध्यताले सदन चलाउनुपरेको पीडालाई सभामुखहरूले राष्ट्रियसभा अध्यक्षसामु गुनासो पोखेका थिए ।

यो गुनासो सुनुवाइका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निष्कर्ष पोखरा भेलाले निकालेको छ । “प्रदेश सभा भवन निर्माणका लागि जग्गा प्राप्तिमा रहेको समस्या समाधान गर्न आवश्यक पहल गर्ने र सभा भवनहरू अत्याधुनिक तथा प्रविधिमैत्री हुने गरी निर्माण कार्यलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने ।” निष्कर्ष भेलाको छ ।

पाँचबुँदे निष्कर्षको अन्त्यमा प्रदेश कार्यपालिकालाई व्यवस्थापिकामार्फत जनताप्रति अझ बढि उत्तरदायी र जवाफदेही बनाउन प्रभावकारी भूमिका खेल्ने उल्लेख गरिएको छ । निष्कर्षपत्रमा सातै प्रदेशका सभामुख र उपसभामुखहरूले हस्ताक्षर गरेका छन् ।

नेपालको संविधान कार्यान्वयन र प्रदेश सभाको काम कारबाही सहज, सुव्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले गण्डकी प्रदेशले यो कार्यक्रमको आयोजना गरेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro