site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 प्रिन्सिपलका छोरासहित १९ जनाले परीक्षा दिए, नौ विद्यार्थी पक्राउ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । गण्डकी मेडिकल कलेजका केही विद्यार्थीहरुले एमबीबीएस प्रथम वर्षको परीक्षा दिएका छन् । बिहीबारदेखि परीक्षा सुरु भएको हो । यहाँ ९५ जना रेगुलर विद्यार्थीसहित कुल एक सय पाँचजना विद्यार्थीहरुले परीक्षा फर्म भरेका थिए । तर, अन्यत्र झैँ यहाँ पनि एमबीबीएस परीक्षा बहिष्कार गर्ने विद्यार्थीहरुले तयारी गरेका थिए । जसमा सबैजना सहमत हुन सकेनन् । कलेजका प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठका छोरा पनि जाँचमा सहभागी भएका छन् । 

“जाँच दिने–नदिने विद्यार्थीहरुको कुरा हो  । मेरो छोरा पनि जाँच दिने, छोराको जाँच भएपछि म इन्भल्भ हुन नपाउने, मेरो छोराले त जाँच दियो नि, जाँच त दिने नै हो उनीहरु । मेरो छोरा लगायतका १९ जनाले एमबिबिएसको जाँच दिएजस्तो लाग्छ मलाई । उनीहरु त जाँच दिने नै हुन,” उनले भने ।

परीक्षा बहिष्कारको विषयमा नै बिहीबार नौजना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर लगेको थियो । उनीहरुलाई प्रहरीले केही समयपछि रिहा गरेको थियो । क्याम्पस प्रशासनले परीक्षा दिने विद्यार्थीलाई डिष्टर्ब गरेका कारण प्रहरीले लगेको बताएको थियो ।

KFC Island Ad
NIC Asia

“परीक्षा हामीले लिने होइन, आईओएमबाट लिने परीक्षा हो, प्रश्नपत्र पनि उतैबाट आउने हो । केही विद्यार्थीहरु परीक्षा दिन गए, विद्यार्थीले जाँच दिन भनेर नै फर्म भरेका हुन्, फर्म आफैँले भरेका हुन्, कतिजनाले बहिष्कार गर्ने भनेका हुन्, केही सिनियरहरु आएर ढोका फोरे ।  सूचना निकालेपछि दिन पाउने अधिकार पनि हुन्छ, जाँच दिन जाँदाखेरि कपी च्यात्न बाहिरबाट गएका विद्यार्थीहरुलाई नै प्रहरीले पक्राउ गरेको हो,” श्रेष्ठले बताए ।

उनका अनुसार बीएस्सी नर्सिङका सबैले परीक्षा दिएका छन् । बीएनसतर्फका विद्यार्थी पनि परीक्षामा सहभागी भएका छन् । श्रेष्ठका अनुसार बीएनको परीक्षा दिन छुटेकाहरुले पुनः परीक्षाको मागसहित चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा निवेदन दिएका छन् ।

उनले यतिमात्र भनेनन्, गण्डकी मेडिकल कलेजका प्रथम र दोस्रो वर्षका विद्यार्थीसँग कुनै समस्या नै नरहेको समेत बताए । जुन कुरा विद्यार्थीहरुको माग र परीक्षा बहिष्कार गर्नुको कारणसँग मिल्दैन ।

श्रेष्ठले बाह्रखरीसँगको कुराकानीमा प्रथम वर्षका विद्यार्थीसँग अतिरिक्त शुल्क नै नलिएको बताए ।

“प्रथम वर्षसँगको समस्या नै छैन, लिएका नै होइनौँ, तर चारपाँच जनाको चाहिँ आएको छ रे त्यो पनि समायोजन गर्छौँ भनेका छौँ । कतिको त गरि पनि सकेका छौँ । प्रथम र दोस्रो वर्षका विद्यार्थीहरुको,” उनले थपे, “पुरानाको हकमा छानबिन गर्न आयोग गठन गर्ने भनेको छ । आयोग गठन भएको पनि छैन । त्यसका आयोग गठन भएर छानबिन गरेपछि बल्ल हुने हो ।”

यता, १० मंसिरमा सरकारले एमबीबीएस र बीडीएसका विद्यार्थीको मात्रै पहिलो र दोस्रो वर्षको शुल्क फिर्ता या समायोजन गर्ने गरी कलेज सञ्चालकसँग सहमति गरेको थियो । विद्यार्थीले भने सबै संकायका सबै ब्याचमा उठाएको बढी शुल्क फिर्ता गरे मात्र परीक्षामा सहभागी हुने माग गर्दै आएका थिए । यसअघि २१ कात्तिकमा तय भएको परीक्षा विद्यार्थी आन्दोलनकै कारण एक महिना धकेलिएको थियो ।

सोही कारण बिहीबार कलेज परिसर आन्दोलनग्रस्त रह्यो । माग पूरा नभएसम्म परीक्षा बहिस्कार गर्ने विद्यार्थीले निर्णय गरेपछि ९ विद्यार्थीलाई प्रहरीले पक्राउ पनि गरेको थियो । पक्राउ परेका एक विद्यार्थीले परीक्षापत्र पनि आउट भइसकेको र कलेज सञ्चालक, प्रिन्सिपलका छोराछोरीसहित जम्मा पाँचजनाले मात्र जाँच दिएको बताए ।

शुल्क समायोजन गरिने भनिए पनि एमबीबीएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थी आन्दोलनरत छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro