site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा विश्वविद्यालय स्थापनाको बाटो खुल्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद गण्डकी प्रदेशसभाले ‘गण्डकी विश्वविद्यालय स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ बहुमतले पारित भएको छ । यो त्यही विधेयक हो, जसले विश्वविद्यालयको सर्वोच्च निकायका रुपमा रहने ‘न्यासिक परिषद’मा 'पिआर होल्डर'लाई समेत राख्न मिल्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्था पनि संशोधन गरिएको हो । संशोधनपूर्व सरकारले न्यासिक परिषदमा विदेशीलाई समेत राख्न पाउने व्यवस्था गरेको थियो । तर, कांग्रेसको संशोधनपश्चात उक्त व्यवस्था परिमार्जन गरिएको छ ।

उक्त विधेयक उपर दर्ता भएको अर्को संशोधन प्रस्ताव भने खारेज भयो । विधेयकको दफा २ ‘ग’ अनुसार न्यासिक परिषदमा नियुक्त हुने प्राज्ञिक, समाजसेवी, दाता, लगानीकर्ता र प्रतिष्ठित व्यक्तिहरुबाट  चारजना महिलासहित १२ जना सदस्य नियुक्त गर्ने व्यवस्था गरेको छ । यस्तै, दफा ७ ले दफा २ ‘ग’ अनुसार छनोट हुने सदस्यहरुको नियुक्तीको जिम्मा सरकारले शिक्षा क्षेत्र हेर्ने मन्त्रीको संयोजकत्वमा तीन सदस्यिय सिफारिस समितिलाई दिइएको छ ।

KFC Island Ad
NIC Asia

सोही समितिका सदस्यहरुमध्ये एकजना प्रमुख प्रतिपक्षीलाई तोकिनुपर्ने मागसहित कांग्रेसले कांग्रेसले संशोधन हालेको थियो । तर, उक्त संशोधन बहुमतले अस्वीकृत भयो । विधेयक पारितसँगै गण्डकी प्रदेशमा विश्वविद्यालय स्थापनाको बाटो खुला भएको छ । प्रदेश सरकार आफैँले नयाँ विश्वविद्यालय स्थापना गर्ने र आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढाइएको हो ।

सरकारले चालु आर्थिक वर्षमा नै विश्वविद्यालय स्थापनाको लागि भनेर १० करोड ८० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले प्रदेशभित्र दक्ष, प्राविधिक, व्यवसायिक र उद्यमशील जनशक्ति उत्पादन विश्वविद्यालय स्थापना गर्ने र सोका लागि विधेयक ल्याइएको जानकारी दिइन् ।

विश्वविद्यालयको लागत ८ अर्ब

प्रस्तावित गण्डकी विश्वविद्यालयको लागि सात अर्ब ९४ करोड ८० लाख रुपैयाँ लागत लाग्नेछ । जसमध्ये १ अर्ब ८२ करोड ३० लाख रुपैयाँ स्थापना र सञ्चालनमा खर्च हुनेछ भने पूँजीगत खर्च ६ अर्ब १२ करोड ५० लाख रुपैयाँ हुनेछ ।

केही महिनाअघि गण्डकी सरकारले गठन गरेका डा. तीर्थबहादुर थापा संयोजकत्वको कार्यदलले उक्त प्रतिवेदन सरकारलाई बुझाएको हो । डा. थापासहित पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदी, डा. पूर्णकान्त अधिकारी, प्रा. डा. लेखनाथ भट्टराई, डा. कृष्ण अधिकारी र सामाजिक विकास मन्त्रालयका नवराज पौडेल सदस्य सचिव रहेको कार्यदलले बुझाएको प्रतिवेदनले विश्वविद्यालयको लागि उल्लिखित लागत लाग्ने प्रतिवेदन तयार पारेको हो ।

पूर्वाधार निर्माणदेखि शिक्षण प्रणाली, प्रविधी र गुणस्तरमा खर्च हुने प्रतिवेदनमा उल्लेख छ । विश्वविद्यालयको लागि आवश्यक पूर्वाधार सुविधाको संरचना एकिकृत, बहुतले भौतिक संरचना बनाउन सकिने, गुणस्तरीय शिक्षण प्रणाली, परीक्षा विधि र बहुआयामिक मूल्यांकन प्रक्रिया, प्रविधिको माध्यमद्वारा गुणस्तर अभिवृद्धिमा ध्यान दिनको लागि सुझाव दिइएको छ ।

विश्वविद्यालय स्थापना र सञ्चालन गर्दा तीनै तहका सरकारहरुको अनुदान, दाताहरुको आन्तरिक, बाह्य तथा द्वीपक्षीय र बहुपक्षीय सहायता परिचालन गर्न सुझाव दिइएको छ । स्थानीय समुदायलाई सहभागी गराउन कार्यदलले सुझाव दिएको छ ।
विश्वविद्यायले स्रोत परिचालन उत्पादन, सेवाशुल्क, परामर्श सेवा र विशेषज्ञता सेवाबाट प्राप्त आम्दानी, व्यावसायिक संस्थाहरूसँगको सहकार्यबाट प्राप्त आम्दानी, निजी क्षेत्रको लगानी, विश्वविद्यालयले लिने आन्तरिक तथा बाह्य ऋणबाट गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसबाहेक, विश्वविद्यालय गठन गर्दा पिपिसी मोडल अबलम्वन गर्न, न्यासिक परिषद गठन गर्न, अन्य विश्वविद्यालयसँग पनि समन्वय गर्न सुझाव दिईएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro