site stats
बाह्रखरी :: Baahrakhari
खेल
यी हुन् बार्सिलोनामा भएका तीन विवादास्पद सम्झौता

एजेन्सी । बार्सिलोना विश्व फुटबलको सफल क्लब मानिन्छ । बार्सिलोनाले क्लब फुटबलका प्रायस् सबै उपाधिहरु चुमिसकेको छ । बार्सिलोनाले २६ पटक स्पेनिस ला लिगा, ३० कोपा डेल रे, १३ सुपर कप, पाँच च्याम्पियन्स लिग, पाँच युईएफए सुपर कप र तीनपटक फिफा क्लब विश्वकप जितिसकेको छ ।

अन्य घरेलु कप तथा युरोपियन कपसमेत बार्सिलोनाले हात पारिसकेको छ । बार्सिलोनाले गत सिजन पनि ला लिगा जितेको थियो । स्पेनिस क्लबमा सबभन्दा धनी क्लबहरुमा पर्ने बार्सिलोनासँग विश्वस्तरका ठूला खेलाडीहरुलाई अनुबन्धन गर्ने क्षमता छ ।

बार्सिलोनाले केही सम्झौता यस्तो खालका गरेको छ कि जुन विवादको केन्द्रबिन्दुमा छन् । सुन्दा पनि अचम्म लाग्छ कसरी बार्साले खेलाडीहरुलाई स्थान्तरण गरिरहेको छ, कसरी क्लबमा अनुबन्ध गरिरहेको छ । बार्सिलोनामा राम्रा खेलाडीहरु आउने(जाने क्रम चलिरहन्छ । स्थान्तरण र अनुबन्धका कारणले बार्सिलोना अनेक विवादमा परिरहन्छ । निकै कम  खेलाडीहरु छन्, जो एकमात्र क्लबमा रहेर आफ्नो खेल करियरलाई अघि बढाएका छन् । खेलाडीहरु एउटै क्लबमा मात्र रहेर खेल्न चाहँदैनन् । उनीहरु नयाँ चुनौती खोज्दै नयाँ क्लबमा अनुबन्ध हुन चाहन्छन् ।

बार्सिलोनाले गरेका विवादित अनुबन्धहरु :

१. लुइस फिगो मड्रिडमा जाँदा

सन् २००० को जुलाई अघि बार्साबाट मड्रिडमा १७ खेलाडी गएका थिए । यस विवादास्पद घटनाले दुई टिमबीचको विरोधलाई झन् बढाउन सहयोग गर्‍यो । ती १७ जनामध्य एक मुख्य थिए लुइस फिगो । लुइस फिगोले बार्सिलोनालाई लिग टाइटललगायतका अन्य कपहरु जिताउनको लागि निकै नै महत्वपूर्ण भूमिका खेलेका थिए । यति मात्र नभएर उनले आधुनिक युगमा बार्सालाई युरोपको उत्कृष्ट क्लब बनाएका थिए ।

फिगो लस ब्लान्कोसमा जाने सम्झौता थियो तर उनी मड्रिडमा गए । जसका कारणले उनलाई २६ मिलियन युरो जरिवाना तिर्नु परेको थियो । फिगो मड्रिडमा जाँदा उनका समर्थकहरुलाई ठूलो झट्का लागेको थियो ।

२. नेयमार बार्सामा जाँदा

त्यो सम्झौतालाई दशककै उत्कृष्ट सम्झौताको रुपमा हेर्ने गरिन्छ । जुन सम्झौता सान्टोसलाई प्रत्यक्ष रुपमा घाँडो भयो भने यता बार्सिलोनालाई भने युरोपियन फुटबललाई टप स्थानमा ल्याउन भर्‍याङको खाँचो पूरा भयो । ब्राजिलियन खेलाडी नेयमारको ट्रान्सफर फीमा स्पेनिस संगठनले अभियुक्त लुकाएको आरोप लगायो । अन्तत: बार्सिलोनाले स्पेनिस कानुन तोडेको आधारमा ४.४ मिलियन पाउन्ड स्टर्लिङ जरीवाना तिर्नुपरेको थियो ।

३. एन्टोनी ग्रिजमान बार्सामा जाँदा

फ्रान्सका स्टार खेलाडी एन्टोनी ग्रिजम्यान बार्सिलोना आएका छन् । उनी भर्खरै बार्सिलोनामा अनुबन्ध भएका हुन् । उनी एट्लेटिको मड्रिडबाट बार्सिलोनामा आएका हुन् । बार्सिलोनाले मड्रिडलाई १२० मिलियन युरो रिलिज क्लजको रुपमा तिरेको हो तर मड्रिडले भने २०० मिलियन युरोको माग गरेको पछिल्लो समय चर्चामा आउन थालेको छ । 

प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १६:४५
प्रतिक्रिया दिनुहोस्