9

लुइस स्वारेज

  • NATIONALITY उरूग्वे
  • लुइस स्वारेजले आफुलाई उच्चकोटीका खेलाडीकै दर्जामा उभ्याएका छन् । बार्सिलोना क्लबबाट ब्यवसायिक फुटबल खेल्दै आएका स्वारेजले आफ्नो देश उरुग्वेलाई विश्वकपसम्म पु¥याउन ठूलो भूमिका खेलेका थिए ।

    सन् २०१० देखि विश्वकपमा उरुग्वेबाट खेल्न थालेका स्ट्राइकर स्वारेजले आफ्नो पहिलो विश्वकपमा नै दमदार उपस्थिति जनाएका थिए । समूह चरणको अन्तिम खेलमा मेक्सिको विरुद्ध स्वारेजकै निर्णायक गोलको कारण उरुग्वे अन्तिम–१६ मा पुगेको थियो ।

    प्रि–क्वाटरफाइनलमा दक्षिण कोरिया विरुद्ध उरुग्वेले २–१ गोलअन्तरले जित्दा यस खेलमा पनि स्वारेज नायक बनेका थिए । स्वारेजले खेलको आठौं र ८० औं मिनेटमा गोल गर्दै उरुग्वेलाई क्वाटरफाइनलमा पु¥याएका थिए । क्वाटरफइनलमा घानामाथि पेनाल्टी सुटआउटमा ४–२ ले विजयी हुँदै उरुग्वे सेमिफाइनलमा पुगेको थियो । तर उरुग्वेले यो विश्वकपमा चौथो स्थान हासिल गरेको थियो ।

    सन् २०१० को विश्वकपमा ३ गोल गरेका स्वारेजले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपी विवादमा पर्दै लामोसमय प्रतिबन्धमा पनि परेका थिए । यो विश्वकपको समूह डी बाट उरुग्वे उपजिवेता बन्दा समूह चरणमा स्वारेजले २ गोल गरेका थिए । इंग्ल्याण्डविरुद्धको खेलमा उरुग्वेले २–१ गोलअन्तरले जित्दा ती दुबै गोल स्वारेजको थियो । स्वारेजले खेलको ३९ औं र ८५औं मिनेटमा गोल गर्दै नायक सावित भएका थिए ।

    रुस विश्वकप २०१८ मा पनि उरुग्वेको पहिलो रोजाई कै खेलाडी हुन् स्वारेज । अहिलेसम्म विश्वकपमा ५ गोल गरिसकेका स्वारेजको यो विश्वकपमा यात्रा राम्रो हुने अनुमान छ ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50