10

नेयमार फरवार्ड

  • NATIONALITY ब्राजिल
  • नेयमार
    लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डोसँगै नाम आउने खेलाडी हुन् नेयमार । ब्राजिलियन स्टाइकर नेयमार त्यस्ता खेलाडी हुन् जतिबेला पनि आफ्नो टिमलाई जित दिलाउने क्षमता राख्छन् ।
    नेयमारले आफ्नै भूमिमा भएको सन् २०१४ को विश्वकप फुटबल खेलेका थिए ।
    समूह एचमा रहेको ब्राजिलले आफ्नो पहिलो खेलमा क्रोसियालाई ३–१ गोलअन्तरले पराजित गर्दा नेयमारले २ गोल गरेका थिए ।
     त्यस्तै, समुह चरणकै अर्को खेल ब्राजिलले क्यामरुनलाई ४–१ गोलअन्तरले पराजित गर्दा नेयमारले यो खेलमा पनि २ गोल गरेका थिए । समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको ब्राजिलको भेट चिलीसँग भएको थियो । प्रि–क्वाटरफाइनलमा चिलीलाई पेनाल्टीमा ३–२ गोलअन्तरले पराजित गर्दा नेयमारले १ गोल गरेका थिए ।
    क्वाटरफाइनलमा कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गर्दै ब्राजिल सेमिफाइनलमा पुगेको थियो । तर, आफ्नो कप्तान थिएगो सिल्भा र नेयमार जस्ता प्रभावशाली खेलाडी विना नै मैदानमा उत्रिएको ब्राजिल जर्मनी विरुद्ध ७–१ गोलअन्तरको नराम्ररी हार ब्यहोरेको थियो । कोलम्बियाको खेलको दौरानमा नेयमार गम्भिर घाइते हुन पुगेपछि सेमिफाइनलको खेल गुमाएका थिए ।
    नेयमारले २०१४ विश्वकपमा ५ गोल गरेका थिए ।
    नेयमार १७ बर्षको उमेरदेखि नै व्यवसायिक फुटबल क्लब सान्टिष्टाबाट खेल्न थालेका थिए । यो उनी सन् १९९९ देखि २००३ सम्म रहे । २००९ देखि २०१३ सम्म सान्तोषबाट खेलेका नेयमार २०१३ देखि २०१७ सम्म बार्सिलोनामा मेस्सी, लुइस स्वारेजसँगै खेले । अहिले उनी पेरिस सेन्ट जर्मन क्लबमा कीर्तिमानी रकममा २०१७ देखि खेलिरहेका छन् ।
    सन् २०१० देखि सिनियर टोलीबाट खेलेका नेयमारले ८३ खेलमा ५३ गोल गरेका छन् । क्लबका लागि खेल्दै गर्दा घाइते भएका नेयमार आउँदो महिना रसियामा हुने विश्वकपका लागि आफुलाई फिट हुने तरखरमा छन् ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50