10

लियोनल मेस्सी फरवार्ड

  • NATIONALITY अर्जेन्टिना
  • AGE: 31
  • लियोनल मेस्सी
    अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी फिफा विश्वकपमा सन् २००६ देखि खेल्न शुरु गरेका हुन् । उनले करिअरकै पहिलो विश्वकप २००६ मा सर्वियाविरुद्ध १ गोल गरेका थिए । उनको त्यो गोल विश्वकपमा पहिलो गोल थियो ।
    सन् २०१० मा अर्जेन्टिनाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा  नियमित कप्तान जाभियर मासिरानोको अनुपस्थितिमा मेस्सीले कप्तानीको भूमिका निर्वाह गर्ने अवसर पनि पाएका थिए । विश्वकपमा अर्जेन्टिना त्यसबेला क्वाटरफाइनल पुगेपनि मेस्सीले भने एक गोल पनि गर्न सकेनन् । क्वाटरफाइनलमा अर्जेन्टिना जर्मनीसँग ४–० गोलअन्तरले पारजित भएको थियो ।
    सन् २०१४ को विश्वकप भने अर्जेन्टिनाले मेस्सीकै कप्तानीमा खेल्यो र उपविजेतासम्म पुग्यो । तेस्रो पटक विश्वकप खेल्दै गरेका मेस्सीले यो पटक भने ५ गोल गर्न सफल भएका थिए । उनले समूह चरणमा बोस्निया र इरान विरुद्ध १–१ गोल गरेका थिए भने नाइजेरिया विरुद्ध २ गोल गरेका थिए ।
    त्यस्तै, मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पु¥याउदा नेदरल्याड्स विरुद्धको सेमिफाइनलको पेनाल्टी सुटआउटमा १ गोल गरेका थिए । फाइनलमा जर्मनीसँग १–० गोलअन्तरले अर्जेन्टिना पराजित भएपछि आफ्नो देशलाई आफ्नै कप्तानीमा विश्वकपको उपाधि दिलाउने मेस्सीको सपना समाप्त भएको थियो । विश्वकप २०१४ को सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बुट जितेपनि आफ्नो टिमलाई उपाधि दिलाउन भने असक्षम रहेका थिए ।
    मेस्सीलाई फेरी पनि अर्को सुनौलो मौका मिलेको छ विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउने । मेस्सीको लागि यो अन्तिम मौका पनि हो । यो पटक भने उनी विश्वकपको उपाधि आफ्नो टिमलाई दिलाउन कतिको सक्षम छन् त ?
    मेस्सी सन् १९९४ मा पहिलो पटक न्यूवेल वल्ड ब्वाइज फुटबल क्लबमा आवद्ध भएका थिए । त्यसपछि २००१ देखि स्पेनिस फुटबल क्लब बार्सिलोनामा आवद्ध भए । अहिलेपनि मेस्सी बार्सिलोनामै आवद्ध छन् । बार्सिलोनाबाट थुप्रै विश्व कीर्तिमानी गोल गरेका मेस्सी अर्जेन्टिनाका सिनियर टिमबाट ६३ गोल गसिकेका छन् ।
    मेस्सीले सन् २०१६ मा कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अन्तर्राष्ट्रिय खेलबाट राजिनामा दिने निर्णय गरेका थिए । जुन महिनामा सन्यास घोषणा गरेका मेस्सीले सेक्टेम्बरमा सन्यास फिर्ता लिएका थिए ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50