10

लियोनल मेस्सी

  • NATIONALITY अर्जेन्टिना
  • लियोनल मेस्सी
    अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी मेस्सीले फिफा विश्वकपमा सन् २००६ देखि खेल्न शुरु गरेका हुन् । उनले करिअरकै पहिलो विश्वकप २००६ मा सर्वियाविरुद्ध १ गोल गरेका थिए । उनको त्यो गोल विश्वकपमा पहिलो गोल थियो ।
    सन् २०१० मा अर्जे्न्टिनाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा  नियमित कप्तान जाभियर मासिरानोको अनुपस्थितिमा मेस्सीले कप्तानीको भूमिका निर्वाह गर्ने अवसर पनि पाएका थिए । विश्वकपमा अर्जेन्टिना त्यसबेला क्वाटरफाइनल पुगेपनि मेस्सीले भने एक गोल पनि गर्न सकेनन् । क्वाटरफाइनलमा अर्जेन्टिना जर्मनीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।
    सन् २०१४ को विश्वकप भने अर्जेन्टिनाले मेस्सीकै कप्तानीमा खेल्यो र उपविजेतासम्म पुग्यो । तेस्रो पटक विश्वकप खेल्दै गरेका मेस्सीले यो पटक भने ५ गोल गर्न सफल भएका थिए । उनले समूह चरणमा बोस्निया र इरानविरुद्ध १–१ गोल गरेका थिए भने नाइजेरिया विरुद्ध २ गोल गरेका थिए ।
    त्यस्तै, मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पु¥याउदा नेदरल्याड्स विरुद्धको सेमिफाइनलको पेनाल्टी सुटआउटमा १ गोल गरेका थिए । फाइनलमा जर्मनीसँग १–० गोलअन्तरले अर्जेन्टिना पराजित भएपछि आफ्नो देशलाई आफ्नै कप्तानीमा विश्वकपको उपाधि दिलाउने मेस्सीको सपना समाप्त भएको थियो । विश्वकप २०१४ को सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेपनि आफ्नो टिमलाई उपाधि दिलाउन भने असक्षम रहेका थिए ।
    मेस्सीलाई फेरि पनि यो अर्को सुनौलो मौका मिलेको छ विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउने । मेस्सीको लागि यो अन्तिम मौका पनि हो ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50