खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल शुरु हुन बाँकी समय

VS

खेल तालिका

View Full Fixture

क्रोएसिया

क्रोएसिया
एजेन्सी । क्रोएसियाले अहिलेसम्म ४ पटक विश्वकप खेलिसकेको छ भने एक पटक सेमिफाइनल पुग्दै तेस्रो समेत भएको छ ।
सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा डेब्यु गरेको क्रोएसियाले आफ्नो पहिलो विश्वकपमा नै सेमिफाइनलको यात्रा पार गरेको थियो । समूह चरणको खेलमा जमैकालाई ३–१, जापानलाई १–० गोलअन्तरले जित हात पारेको क्रोएसिया अर्जेन्टिनासँग १–० गोलले पराजित भएपनि नकआउट चरणमा प्रवेश गरेको थियो ।
प्रिक्वाटरफाइनलमा रोनानियालाई १–० गोलले पराजित गरेको क्रोएसियाले क्वाटरफाइनलमा जर्मनीलाई ३–० गोलले पराजित गरेको थियो । तर सेमिफाइनलमा भने फ्रान्ससँग २–१ गोलले पराजित हुदै विश्वकप उपाधिको यात्रा समाप्त गरेको थियो । तर, तेस्रो स्थानको लागि भएको खेलमा नेदरल्याण्ड्सलाई क्रोएसियाले २–१ गोलअन्तरले पराजित गरेको थियो ।
सन् २००२ र २००६ मा भएको विश्वकपको समूह चरणबाटै बाहिरिएको क्रोएसिया २०१४ को विश्वकपमा पनि समूह चरणमै सीमित बनेको थियो ।

गोलरक्षकः डानिजिल सुबासिक, लोभरे कालिनिक, डोमिनिक लिभाकोभिच
डिफेन्डरः भेडरन कोरलुका,  डोमागोज भिडा, इल्भान स्ट्रिनिक, डेजान लोभरेन, सिमा भर्साज्को, जोसिप पेभारिक, टिन जेडभाज, दुजा कलेटा कार
मिडफिल्डरः लुका मोडरिक, इल्भान राकिटिक, माटाओ कोभासिक, मिलन बादेल्ज, मार्सेलो ब्रोजोभिक, फिलिप ब्राडारिक
फरवार्डः मारिओ मान्दिजुकक, इभान पेरिसिस, निकोला कालिनिक, आन्द्रेज कर्मारिक,  मार्को प्जका, एनटी रेविक

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो