कोस्टारिका

कोस्टारिका
एजेन्सी । कोस्टारिकाले सन् १९९० मा भएको विश्वकपमा डेब्यु गरेको थियो । पछिल्लो समयमा लय देखाएको कोस्टारिकाले रसिया विश्वकपमा आफुलाई अझै माथिल्लो तहसम्म पुर्याउने लक्ष्य बनाएको छ ।
पहिलो पटकको विश्वकपमा कोस्टारिकाले समुह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई १—० गोलले पराजित गरेको थियो । दोस्रो खेलमा ब्राजिलसँग १—० गोलले पराजित भएको कोष्टारिकाले स्वीडेनलाई २—१ गोलले पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो ।
अन्तिम १६ को खेलमा कोस्टारिका चेकोस्लोभाकियासँग ४—१ गोलले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो । कोस्टारिका सन् १९९४ र १९९८ मा कोस्टारिका समुह चरणबाट बाहिरिएको थियो ।
त्यस्तै, सन् २०१४ मा कोस्टारिकाले महत्वपूर्ण उपलब्धि हासिल गर्यो पहिलो पटक कोस्टारिका क्वाटरफाइनलसम्म पुगेको थियो ।
समुह चरणको पहिलो खेलमा कोस्टारिकाले उरुग्वेलाई ३—१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा कोस्टारिकाले इटालीलाई १—० गोलले पराजित गरेको थियो ।
समुह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
अन्तिम १६ को खेलमा कोस्टारिका र ग्रिसबीचको खेलमा पहिलो हाफमा १—१ गोल गरेपछि पेनाल्टी सुटआउटमा ५—३ गोलले पराजित गरेको थियो ।
त्यस्तै क्वाटरफाइनल खेलमा कोस्टारिका र नेदरल्याण्डस्बीचको खेल गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो ।
विश्वकपको लागि कोस्टारिकाको टिम
गोलरक्षकः कैलोर नाभास, प्याट्रिक पेम्बेरटोन, लियोनेल मोरेइरा
डिफेन्डरः क्रिस्टियन गाम्बो, इयान स्मिथ, रोनाल्ड माटर्रिटा, ब्राएन ओभिइडो, ओस्कार दुर्ते, गियानकार्लो, गोन्जालेज, फ्रान्सिस्को काल्भो, केन्डेल वास्टन, जोन्हि अकोष्टा
मिडफिल्डरः डेभिड गुज्म्यान, याल्टसिन तेजेडा, केल्सो बोर्गेज, रानडेल अजोफेइफा, रोडनेइ वालेस, बार्यन रुइज, डेनिएल कोलिन्ड्रेस, क्रिस्टियन बोलानोस
फरवार्डः जोहान भेनेगास, जोएल क्याम्पबेल, मार्को युरेना

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो