कोलम्बिया

कोलम्बिया
एजेन्सी । विश्वकप फुटबलमा सन् १९६२ मा पहिलो पटक सहभागिता जनाएको कोलम्बियाले अहिलेसम्म खासै उपलब्धी हासिल गर्न सकेको छैन । कोलम्बियाले अहिलेसम्म ५ वटा विश्वकप खेलिसकेको छ ।
सन् १९६२ मा चिलीमा भएको विश्वकपमा कोलम्बियाले डेब्यु गरेको थियो । तर यो विश्वकपमा कोलम्बियाको उपस्थिति समूह चरणमै सीमित बनेको थियो । सन् १९९० को विश्वकपमा भने अन्तिम १६ सम्म पुगेको कोलम्बियाको यात्रा प्रिक्वाटरफाइनलमा क्यामरुनसँग २–१ गोलले पराजित हुदै टुंगिएको थियो ।
सन् १९९४ र १९९८ को विश्वकपमा लगातार छनोट भएपनि कोलम्बियाको यात्रा समूह चरणमै सकिएको थियो । यसपछि कोलम्बियाले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबल खेलेको थियो । यो विश्वकपमा भने कोलम्बियाले ऐतिहासिक सफलता पाएको थियो ।
तर, क्वाटरफाइनलमा ब्राजिलसँग २—१ ले पराजित भएपछि खेलबाट बाहिरीएको थियो ।
सन् १९६२ चिलीले आयोजना गरेको विश्वकपमा कोलम्बिया सहभागि हुँदा  समुह चरणबाटै बाहिरीएको थियो । समूह चरणको सबै खेलमा जित हात पारेको कोलम्बियाले अन्तिम १६ मा उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । तर क्वाटरफाइनलमा आयोजक ब्राजिलसँग कोलम्बिया २–१ गोलअन्तरले पराजित भएको थियो । विश्वकप यात्रामा कोलम्बियाको यो नै अहिलेसम्मको ठूलो फड्को हो ।
सन् २०१४ को विश्वकपमा जेम्स रोड्रिगुएजले सर्वाधिक ६ गोल गरेका थिए । रुस विश्वकपअघि निकै लयमा रहेका जेम्स कोलम्बियाको मुख्य हतियार हुन् ।
कोलम्बियाको टिम
गोलरक्षकः डेभिड ओस्पिना, कामिलो भर्गास, जोस फर्नान्डो क्युड्राडो
डिफेन्डरः क्रिस्टियन जपटा, डेभिन्सन सान्चेज, सान्टिएगो ऐरियस, ओस्कार मुरिलो, फ्याङक फाब्रा, जोहन मोजिका, यरी मिना
मिडफिल्डरः विल्मर बारिओस, कार्लोस सान्चेज, जेर्फसन लार्मा, जोसे इज्क्युर्दो,  जेम्स रोड्रिगुएज, अबेल अग्युलार, मार्तेयुस, युरिबे, जुएन फर्नान्डो क्युइन्टेरो, ज्युन क्युडरादो फरवार्डलः रडामेल फल्क्ओ, मिग्युल बोर्जा, कार्लोस बाक्के, लुइस फर्नान्डो म्युरियल रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो